१६ वैशाख २०८१ आइतबार
image/svg+xml

घुस लिएको रकम सिंगापुर बैंकमा

राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक तथा नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनील पौडेलले सिंगापुरको बैंकमा राखेको घुसबापतको रकम नेपालले प्रमाणसहित पहल गरे फिर्ता ल्याउन सकिने बताइएको छ।

जलाधार व्यवस्थापन अधिकृत घुस रकमसहित पक्राउ

राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन एकाइ लम्कीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पाल घुस रकमसहित पक्राउ परेका छन्।

घुस लिँदा लिँदै बनेपा नगरपालिका वडा अध्यक्ष रंगेहात पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घर बाटो सिफारिस गर्ने प्रयोजनको लागि १५ लाख घुस लिँदा लिँदै बनेपा नगरपालिका वडा नं ९ का वडा अध्यक्षलाई रंगेहात पक्राउ गरेको छ।वडाध्यक्ष नृपेश बादेलाई घुस रकम सहित मध्यपुर ठिमी नगरपालिका ३ गठ्ठाघरबाट नियन्त्रणमा लिएको हो।

घुससहित दुई कर्मचारी पक्राउ

सुनसरीको इनरुवास्थित भूमि सुधार तथा जिल्ला मालपोत कार्यालयमा कार्यरत दुई जना कर्मचारीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग टोलीले शुक्रबार घुस रकमसहित पक्राउ गरेको छ।

डोम जाति गाउँमा घुसे वस्तीमा आगो लगाइदिने धम्की

‘साँझपख थियो, डोमको बच्चाले खेतमा आएर केराउ नोक्सानी गर्यो भन्दै घरको अगाडि खरले बनाइएको टाटमा गाउँका एकजनाले आगो लगाइदिए।

घुस लिएको अभियोगमा नगराइन नगरपालिका दुई जनाविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषा नगराइन नगरपालिका–२ का वडा अध्यक्ष बुलन यादव र वडा सचिव अमृत नारायण मिश्र विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ।

सत्तरी हजार घुससहित वडाअध्यक्ष र वडा सचिव पक्राउ

धनुषा जिल्लाको नगराइन नगरपालिका वडा नं २ का वडाअध्यक्ष बुलन यादव रु ७० हजार घुससहित पक्राउ परेका छन्।

घुस लिएको अभियोगमा पक्राउ

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ५० हजार रुपैयाँ घुस लिएको अभियोगमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका मेडिकल ल्याव टेक्नोलोजिस्ट लेखनाथ भट्टराईलाई पक्राउ गरेको छ।

विद्यालय भवन दिलाइदिने भन्दै पालिका शिक्षा शाखा प्रमुखले लिए चार लाख घुस

पलाँता गाउँपालिका–२ मा रहेको सिद्धनाथ आधारभूत विद्यालयमा भवनको योजना पार्ने भन्दै शिक्षा शाखा प्रमुख कलबहादुर भण्डारीले विद्यार्थीको नाममा आएको खाजा रकमबाट कमिशन लगेका हुन्।

आन्तरिक टर्मिनलका शाखा प्रमुख घुससहित पक्राउ

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक टर्मिनल व्यवस्थापन शाखा प्रमुख पूर्णप्रसाद चुडाललाई घुस लिएको आरोपमा पक्राउ गरेको छ।

रामेछापमा खानेपानी कार्यालयका इन्जिनियर र प्लम्बर २८ लाख घुससहित पक्राउ

बुधबार दिउँसो १२:४५ मा इन्जिनियर नवराज सत्याल र प्लम्बर बखतबहादुर थापालाई १६ लाख रुपैयाँ नगद र १२ लाख रुपैयाँको चेक गरी २८ लाख रुपैयाँसहित पक्राउ गरिएको हो।

७५ हजार घुस लिएको अभियोगमा इञ्जिनीयर पक्राउ

'निजलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ,अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयसँग समन्वय गर्दैछौँ,' प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए , 'पक्राउ परेका प्राविधिक करारका कर्मचारी रहेको बुझिएको छ।'

अदालतका तहसिलदार घुससहित पक्राउ

गोरखा जिल्ला अदालतका तहसिलदार रामचन्द्र केसी घुससहित पक्राउ परेका छन्। बिहिबार राती अदालत नजिकैको एक होटलमा सेवाग्राहीसँग घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखराको टोलीले उनलाई पक्राउ गरेको हो।

प्रहरीलाई घुस दिन खोज्ने मदिरा व्यापारी पक्राउ

आईतबार राति सदरमुकाम त्रियुगा नगरपालिका ३ बसपार्कस्थित भन्सार छलीको मदिरा बोकेको ज १ च १५४६ नं. को बोलेरो जीप छुटाउन घुस दिन खोज्ने टीकाबहादुर बस्नेत पक्राउ परेका हुन्।

‘सेवाग्राहीसँग सबैभन्दा बढी घुस लिने तल्लो तहका कर्मचारी’

सरकारी कार्यालयमा घुस माग्ने प्रवृत्ति गत वर्षभन्दा यस वर्ष दोब्बर बढेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनाएको छ। अख्तियारले सेवाग्राहीसँग सबैभन्दा बढी घुस लिनेमा तल्लो तहका कर्मचारी रहेको निष्कर्ष निकालेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्