३१ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

घुस लिँदा लिँदै बनेपा नगरपालिका वडा अध्यक्ष रंगेहात पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घर बाटो सिफारिस गर्ने प्रयोजनको लागि  १५ लाख घुस लिँदा लिँदै बनेपा नगरपालिका  वडा नं ९ का वडा अध्यक्षलाई रंगेहात पक्राउ गरेको छ।वडाध्यक्ष नृपेश बादेलाई घुस रकम सहित मध्यपुर ठिमी नगरपालिका ३ गठ्ठाघरबाट नियन्त्रणमा लिएको हो।

उनलाई आज साँझ नियन्त्रणमा लिएको बताइएको छ।आयोगले  वडा अध्यक्षसँगै आएका बा ७ च १२९ नको कार चालक बाह्रबिसे न पा वडा न७ मिलनटार स्थायी घर भई हाल चाँगुनारायण नगरपालिका वडा न २ दुवाकोट बस्ने वर्ष ३१ को पदम बहादुर प्रधानलाई समेत गाडी सहित नियन्त्रणमा लिएको छ ।

प्रकाशित: ३ माघ २०८० १५:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App