६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

तेस्रो संस्करणको चन्द्रागिरी वडास्तरीय फुटसल प्रतियोगिता हुँदै

फाइल तस्बिर।

चन्द्रागिरि नगरपालिका वडा कप फुटसल प्रतियोगिता यही कात्तिक २५ र २६ गते मत्स्य फुटसल एरिना मच्छेगाउँमा आयोजना हुने भएको छ।

वेष्टर्न युनाइटेड क्लबद्वारा आयोजित तेस्रो संस्करणको सो प्रतियोगितामा नगरभित्रका १५ वडाका २२ टिमबीच प्रतिष्पर्धा हुनेछ। प्रतियोगितामा प्रथम र द्वितीय हुनेले क्रमशः ८० हजार रुपैयाँ र ४० हजार रुपैयाँसहित ट्रफी र पदक र अन्य पाँच विधामा उत्कृष्ट हुनेलाई पाँच हजार रुपैयाँसहित पदक प्रदान गरिनेछ। ती विधामा उत्कृष्ट टिम, खेलाडी, गोलकर्ता र किपर छन्।

प्रतियोगिताको मुख्य प्रायोजन चन्द्रागिरि नगरपालिकाले गरेको छ। प्रतियोगिताका बारेमा जानकारी दिन क्लबद्वारा आज आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष रामनारायण घिमिरेले भने, 'फुटसल प्रतियोगिताको तयारी पूरा भएको छ। नगरपालिकाभित्र खेलकूद विकास गर्न र युवालाई खेल क्षेत्रमा आकर्षित गर्न क्लबले विभिन्न गतिविधि गरिरहेको छ। प्रतियोगिताले फुटसल प्रवर्द्धन गर्न सहयोगसमेत गर्नेछ।'

खेलकूद क्षेत्रलाई चलायमान बनाउन प्रतियोगिताले कोशेढुंगाको काम गर्ने क्लबका उपाध्यक्ष साजन महर्जनले बताए। पछिल्लो समय युवापुस्ताका बीचमा फुटसल लोकप्रिय बनिरहेको छ। ‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद’ भन्ने नाराका साथ क्लबले खेलकूदका विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ। प्रतियोगिता अन्तर्राष्ट्रिय नियमलाई पालना गरी खेलाइने आयोजकले जनाएको छ।

चन्द्रागिरि नगरपालिकाले पनि खेलकूद विकासमा उच्च प्राथमिकता दिँदै आएको छ। नगरप्रमुख घनश्याम गिरीले युवापुस्तालाई खेलकुदमा थप आकर्षित गरी खेल क्षेत्रको विकास गर्न नगरपालिकाले विभिन्न प्रतियोगिता आयोजना गर्न सहयोग गरेको जानकारी दिए।

उनले भने, 'युवा समाजका परिवर्तनका संवाहक शक्ति हुन्। उनीहरुको क्षमता र प्रतिभा विकासमा सबैले सहयोग गर्नुपर्छ। यसलाई खेलकूदले सहयोग गर्नेछ।'

प्रकाशित: २४ कार्तिक २०७९ ०६:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App