६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

कटुवाललाई प्रशिक्षकको जिम्मेवारी

पाकिस्तानविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि मंगलबार घोषणा गरिएको टोलीमा नवयुग श्रेष्ठ फर्किएका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले कात्तिक ३० गते पाकिस्तानसँग हुने मैत्रीपूर्ण खेलका लागि यसअघि बाहिरिएका स्ट्राइकर नवयुगलाई समावेश गर्दै ३० सदस्यीय टोली घोषणा गरेको हो। नवयुग दशरथ रंगशालामा भएको बंगलादेशसँगको मैत्रीपूर्ण खेलमा टोलीबाहिर रहेका थिए। नवयुगलाई कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईंले टोलीबाहिर राखेका थिए।

यस्तै मंगलबार नै एन्फाले मुख्य प्रशिक्षकका रूपमा प्रवेश कटुवाललाई नियुक्त गरेको छ। एन्फाका अध्यक्ष पंकजविक्रम नेम्बाङले कटुवाललाई नियुक्तिपत्र प्रदान गरेका हुन्। सहिद स्मारक ‘ए’ डिभिजन लिग क्लब मच्छिन्द्र फुटबललाई उपाधि दिलाएका कटुवाललाई जिम्मेवारी दिइएको हो। नेपालले पाकिस्तानसँग दशरथ रंगशालामा कात्तिक ३० गते एक मैत्रीपूर्ण खेल खेल्नेछ। खेल साँझ ५ बजे हुने एन्फाले जनाएको छ भने प्रशिक्षण बुधबारबाट हुनेछ।

फिफाको निलम्बन फुकुवासँगै आठ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्किएको पाकिस्तान पहिलो भ्रमणमा आउन लागेको हो। निलम्बन फुकुवापछि पाकिस्तानको सिनियर पुरुष टोलीको यो पहिलो अन्तर्राष्ट्रिय खेल पनि हुनेछ। मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजीनामा दिएपछि नेपाल नियमित मुख्य प्रशिक्षकविहीन रहँदै आएको छ। यसअघि बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा प्रदीप हुमागाईले टोली हेरेका थिए।

प्रशिक्षणमा डाकिएका खेलाडी

किरण चेम्जोङ, विकेश कुथु, दीप कार्की, विशाल श्रेष्ठ, विकास खवास, विकास तामाङ, सेसेहाङ आङ्देम्बे, नवयुग श्रेष्ठ, तेज तामाङ, आभास लामिछाने, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, देवेन्द्र तामाङ, रञ्जित धिमाल, पूजन उपरकोटी, सुदीप गुरुङ, सुरजज्यू ठकुरी, सुजल श्रेष्ठ, एरिक विष्ट, विमल घर्तीमगर, अन्जन विष्ट, मनीष डाँगी, सुनिल बल, आशिष चौधरी, ऋतिक खड्का, आयुष घलान, संजोग राई, निशान खड्का।

प्रकाशित: १६ कार्तिक २०७९ ०२:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App