१७ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
खेल

बार्सिलोना ला लिगाको शीर्षस्थानमा

क्याटलन क्लब बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा सहज जित निकालेको छ।

शनिबार राति सम्पन्न खेलमा बार्सिलोनाले खेलाडीमा समेटिएको इल्चेलाई ३-० गोल अन्तरले हराएको हो। बार्सिलोनालाई जिताउन रोबर्ट लेवान्डोस्कीले दुई र मेम्फिस डिपेले एक गोल गरे।

खेलको १४ औं मिनेटमा गोन्जालोले रातो कार्ड पाएपछि इल्चे १० खेलाडीमा समेटिएको थियो।खेलको ३४ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता बनाए।

४१ औं मिनेटमा मेम्फिसले गोल गर्र्दै बार्सिलोनालाई २-० को दोब्बर अग्रता बनाए। दोस्रो हाफको ४८ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ३-० को जित दिलाए।

यस जितसँगै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ। बार्सिलोनाले ६ खेलमा १६ अंक जोडेको छ। इल्चे १ अंक जोडेर पुछारमा रहेको छ।  

प्रकाशित: २ आश्विन २०७९ ०६:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App