७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

सेभिया पहिलो खेलमै पराजित

सेभिया स्पेनिस ला लिगा फुटबलको पहिलो खेलमै पराजित भएको छ।

शुक्रबार राति भएको उद्घाटन खेलमा सेभिया ओसासुनासँग २-१ गोल अन्तरले पराजित भएको हो। ओसासुनालाई जिताउन इजिकेइल अभिला र ईमर ओरोजले एक एक गोल गरे । सेभियाका राफा मिरले एक गोल फर्काए।  

खेलको नवौं मिनेटमा इजिकेइल अभिलाले गोल गर्दै ओसासुनालाई अग्रता दिलाए।

खेलको ११ औं मिनेटमा राफा मिरले गोल गर्दै सेभियालाई १-१ गोलको बराबरीमा ल्याए।

त्यसपछि खेलको ७४ औं मिनेटमा ईमर ओरोजले पेनाल्टीमा गोल गर्दै ओसासुनालाई २-१ को जित दिलाए । यस जितसँगै ओसासुनाले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडडेको छ।

प्रकाशित: २८ श्रावण २०७९ ०४:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App