५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

एन्जिला लिनिङकी ब्रान्ड एम्बासडर

नेपाली राष्ट्रिय महिला फुटबल टोली तथा नेपाल एपिएफ क्लबकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बालाई खेलकुद पोसाक कम्पनी लिनिङले दुई वर्षका लागि ब्रान्ड एम्बासडर बनाएको छ।

काठमाडौंमा शुक्रबार लिनिङको आधिकारिक बिक्रेता चाइना ट्रेड कम्पनी प्रालिले राष्ट्रिय फुटबल टोलीकी गोलरक्षक एन्जिलालाई ब्रान्ड एम्बासडरका रूपमा नियुक्त गरेको हो। एन्जिला र लिनिङको आधिकारिक बिक्रेता चाइना ट्रेड कम्पनी प्रालिका प्रमुख कार्यकारी राजेन महर्जनबीच एम्बासडरका लागि शुक्रबार सम्झौतापत्रमा हस्ताक्षर भयो।

सम्झौता अनुसार एन्जिलाको जीवनीमा आधारित रहेर बन्न लागेको चलचित्र ‘एन्जिला’ मा उनले लिनिङ ब्रान्डको उत्पादन प्रयोग गर्नेछिन्। सम्झौताअनुसार ‘एटिएस अर्थात एन्जिला तुम्बापो सुब्बा १८’ ब्रान्डको रूपमा लिनिङले सामग्री उत्पादन गर्नेछ। त्यसबाट आएको १० प्रतिशत एन्जिलाले र बाँकी ५ प्रतिशत अन्य खेलाडीले पाउने लिनिङले जानकारी दियो।

ब्रान्ड दूत बनेपछि एन्जिलाले चर्चित ब्रान्डसँग जोडिन पाउँदा खुसी लागेको प्रतिक्रिया दिइन्। 

प्रकाशित: ३२ असार २०७९ ०२:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App