६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

नेपालको अर्काे पराजय

नेपालले आइटिएफ एसिया यु–१२ टिम टेनिस प्रतियोगिता (रिजनल क्वालिफाइङ इभेन्ट साउथ एसिया) मा मंगलबार अर्को पराजय भोगेको छ। सातदोबाटोस्थित टेनिस कोर्टमा भएको प्रतियोगितामा ब्वाइज/गर्ल्स दुवै टोलीले अर्को पराजय सामना गरेका हुन्।

पहिलो दिन सोमबार नेपाल ब्वाइजमा श्रीलंकासंग ३–० तथा गर्ल्समा माल्दिभ्ससंग २–१ ले पछि परेको थियो। ब्वाइजको प्रतिस्पर्धामा पाकिस्तानले नेपाललाई ३–० ले पराजित गर्‍यो। सिंगल्समा रिज्वानले आद्रित नेपाललाई ६–१ र ६–० ले तथा तल्हाले वृजेश अर्याललाई पनि ६–१ र ६–० को सोझो सेटमा हराए।

डबल्समा ओमर जावद र तल्हाको जोडीले वृजेश र असभसम्राट हाडाको जोडीलाई ६–० र ६–० को सीधा सेटमा पन्छायो। भारतले बंगलादेश तथा माल्दिभ्सले भुटानलाई समान ३–० ले पाखा लगाए। गर्ल्समा श्रीलंकाले नेपालमाथि ३–० को जित दर्ता गर्‍यो।

अकिसा सिल्भाले प्राज्ना मानन्धरलाई ६–० र ६–३ तथा उस्गोडाले शिभाली गुरुङलाई ४–६, ६–१ र ६–१ को सेटमा सिंगल्समा निराश पारे। डबल्समा सिल्भा र उस्गोडाको जोडीले प्राज्ना र कर्मिस्ठा नुगाह श्रेष्ठको जोडीलाई ६–२ र ६–० ले पाखा लगायो। अन्य खेलमा बंगलादेशले भुटानलाई २–१ तथा भारतले माल्दिभ्सलाई ३–० ले पराजित गरे।

प्रकाशित: १ असार २०७९ ०३:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App