१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताः पदक जित्नेलाई नगद पुरस्कार

कर्णाली प्रदेश सरकारले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीहरुलाई नगद पुरस्कार दिने घोषणा गरेको छ। गण्डकी प्रदेशको पोखरामा जेठमा हुन लागेको प्रतियोगितामा सहभागी भएर स्वर्ण, रजत र कास्य पदक जित्ने खेलाडीहरुलाई नगद पुरस्कार दिने घोषणा सरकारले गरेको हो।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता जेठ २२ गतेदेखि २८ गतेसम्म गण्डकी प्रदेशको पोखरामा हुँदैछ। प्रदेश सरकारले प्रतियोगितामा सहभागी हुने खेलाडीलाई बन्द प्रशिक्षणमा राख्नका लागि एक करोड रुपैयाँ कर्णाली प्रदेश खेलकुद परिषद्लाई उपलब्ध गराउने भएको छ।

परिषद्का सदस्य–सचिव विश्वामित्र संञ्यालका अनुसार प्रतियोगितामा सहभागी भएर स्वर्ण पदक विजेता खेलाडीलाई दुई लाख, रजत पदक विजेता खेलाडीलाई एक लाख ५० हजार र कास्य पदक विजेता खेलाडीलाई एक लाख रुपैयाँ प्रदेश सरकारले पुरस्कृत गर्नेछ।

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी कर्णालीले गरिरहेकाले अहिलेदेखिनै खेलाडीहरुलाई प्रोत्साहन गर्नका लागि पुरस्कार घोषणा गरिएको बताए। उनले प्रतियोगितामा सहभागी खेलाडीहरुलाई बन्द प्रशिक्षणमा राख्नका लागि आवश्यक पर्ने खर्चको व्यवस्थापन पनि प्रदेश सरकारले गर्ने जानकारी दिए।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभिन्न ३८ वटा खेलकुद प्रतियोगिता हुँदैछन्। कर्णाली प्रदेशले २८ वटा खेलकुद प्रतियोगितामा सहभागीता जनाउने छ। खेलाडी, प्रशिक्षक, टीम व्यवस्थापक गरेर प्रतियोगीतामा ६ सय बढी कर्णालीबाट सहभागी हुनेछन्।

सदस्य–सचिव संञ्यालका अनुसार कर्णालीले एथलेष्टिक्स, कराँते, तेकाण्दो, बक्सिङ, उसु, भारोतोलन, फुटबल, भलिबल, चेस, रग्वी, बास्केटवल, कुस्ती, कवड्डी, हेण्डबल, व्याटमिन्टन, पौडी, क्रिकेट, सुटिङलगायतका खेलमा सहभागीता जनाउनेछ।  

प्रकाशित: २२ वैशाख २०७९ १२:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App