५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

जोकोभिचलाई फ्रेन्च ओपनमा अनुमति

अस्ट्रेलियन ओपन खेलाउन माग गर्दै जोकोभिचका समर्थक। तस्बिरः एएफपी

फ्रान्सका खेलकुदमन्त्री रोक्सना माराचिनानुले विश्व नम्बर एक नोभाक जोकोभिचले कोभिड–१९ विरुद्धको भ्याक्सिन नलगाए पनि फ्रेन्च ओपन खेल्न उनलाई अनुमति दिइने बताएकी छन्।  

३४ वर्षे सर्बियन स्टार जोकोभिच अहिले मेलबर्नको अध्यागमनमा रहेको होटलमा बसिरहेका छन्। अस्ट्रेलियामा कोभिड–१९ को कडा सुरक्षा मापदण्ड पूरा गर्न असफल भएपछि नाटकीय रूपमा भिसा रद्दविरुद्ध अपिल गर्न जोकोभिच मेलबर्नको अध्यागमनमा बसेका हुन्।

वर्षको पहिलो ग्रान्ड स्लाम खेल्ने आशासहित जोकोभिचले अपिल गरेता पनि अस्ट्रेलियाको कडा सुरक्षा मापदण्ड कारण उनले भिसा नपाउने चर्चा चलिरहेको छ। किनकि अस्ट्रेलिया प्रवेश भ्याक्सिनको डोज पूरा गरेको या चिकित्सकद्वारा स्वास्थ्य परीक्षण पास गरेको हुनुपर्छ।

अस्ट्रेलियाको अधिकारीले पनि जोकोभिचले त्यो प्रक्रिया पूरा नगरे भिसा अनुमति नपाउने स्पष्ट पारिसकेका छन्। यसबीच फ्रान्सका खेलकुदमन्त्री रोक्सनाको प्रतिक्रियाले चर्चा पाइरहेको छ। जोकोभिचले भ्याक्सिनबारे अति संवेदनशील रहेको भन्दै खुला विश्लेषण गर्दै आइरहेकाले उनलाई फ्रेन्च ओपन खेल्न दिने रोक्सनाले प्रस्ट्याएकी हुन्। अस्ट्रेलियन ओपनका आयोजकले मेडिकल परीक्षा पास गरेकाले जोकोभिचले अस्ट्रेलिया प्रस्थान गरेको जनाएको थियो।

तर, अध्यागमनका अधिकारीले जोकोभिचले पूरा गरेको स्वास्थ्य सुरक्षा प्रक्रिया अपर्याप्त रहेको भन्दै उनलाई अस्ट्रेलिया छिर्न रोक लगायो। ‘ठूला आयोजनाका लागि स्वास्थ्य सुरक्षाको प्रोटोकल लगाइएको छ।

तर, नोभाक जोकोभिचजस्ता विशेष व्यक्तिका लागि भने छुट हुन्छ,’ खेलकुदमन्त्री रोक्सनाले भनिन्, ‘अस्ट्रेलियाले आज जुन नियम लागू गरेको छ, त्यो नियम फ्रान्समा लागू हुँदैन। भ्याक्सिन नलगाएको खेलाडीले पनि यहाँ खेल्न पाउनेछन्। यस्ता स्वास्थ्य प्रोटोकलले यस्ता विशेष खेलमा यो अनुमति दिनेछ।’ 

फ्रान्सेली खेलकुदमन्त्री रोक्सनाले आगामी मेसम्म महामारी नियन्त्रणमा आउने आशासमेत व्यक्त गरेकी छन्। यस वर्षको फ्रेन्च ओपन मे १६ देखि सुरु हुँदै छ। ‘फ्रेन्च ओपन सुरु हुँदा यस किसिमका मापदण्ड आवश्यक नपर्नेमा हामी सबै आशावादी छौं,’ रोक्सनाले भनिन्।

प्रकाशित: २४ पुस २०७८ ०२:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App