६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

अन्तरपालिका भलिबलः सिगास फाइनलमा

सिगास गाउँपालिका पञ्चेश्वरमा जारी अन्तरपालिका खुला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बुधबार सम्पन्न खेलमा आयोजक पञ्चेश्वर गाउँपालिकाको ‘ए’ टोलीलाई २–१ सेटमा हराउदै सिगास उपाधि नजिक पुगेको हो।

कुलाउ माविको खेलमैदानमा भएको सेमिफाइनल खेलको पहिलो सेटमा सिगासले पहिलो सेट २५–१४ अङ्कले जितेको थियो। दोस्रो सेटमा पञ्चेश्वरले २०–२५ अङ्कले विजयी भयो। तेस्रो सेट सिगासले २५–२१ अङ्कले जित्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो।

यस्तै अर्को खेलमा दशरथचन्द नगरपालिकालाई र सिगास गाउँपालिकाले २५–२३ र २५–२१ अङ्कले हरायो भने मेलौली नगरपालिका ‘ए’ले पाटन नगरपालिकालाई १५–२५ र २२–२५ अङ्कले पराजित गर्‍यो। यस्तै सुर्नया गाउँपालिका र पञ्चेश्वर ‘ए’ बीचको खेलमा पञ्चेश्वर ‘ए’ २४–२७ र २२–२५ अङ्कले विजयी भयो। सिगासले युवाजागरण मञ्च मेलौली ‘बी’लाई २२–२५ र २५–२७ अङ्कले हरायो।

फाइनल प्रवेशका लागि दशरथचन्द नगरपालिका र मेलौली नगरपालिकाबीच खेल हुनेछ। विजयी टोलीले उपाधिका लागि सिगाससँग खेल्ने छ भने पराजित टोलीले पञ्चेश्वर ‘ए’ सँग तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने छ।

पञ्चेश्वर गाउँपालिकाको आयोजनामा यही पुस ५ गतेदेखि सुरु भएको प्रतियोगितामा १० टोली सहभागी रहेको खेल संयोजक सागर भण्डारी सोराडीले जानकारी दिए। उपाधि जित्नेले रु एक लाख १० हजार १०१, द्वितीय हुनेले रु ७५ हजार १०१, तृतीय हुनेले रु ५० हजार १०१ तथा सान्त्वना पुरस्कार प्राप्त गर्ने टोलीले रु ३० हजार प्राप्त गर्नेछ।

प्रकाशित: ८ पुस २०७८ ०९:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App