११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

बिहीबारबाट उपमेयर कप

दोस्रो संस्करणको उपमेयर कप महिला राष्ट्रिय फुटबल प्रतियोगिता बिहीबारबाट सुरु हुँदै छ। सातदोबाटोस्थित एन्फा मुख्यालयमा हुने उद्घाटन खेलमा महालक्ष्मी नगरपालिका र बाग्मती प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगितामा ३१ पालिकाका टोलीको सहभागिता रहने प्रतियोगिता संयोजक पेमा लामाले बताइन्। पेमाले महिला खेलाडीको उत्पादनका लागि प्रतियोगिता आयोजना गरिएको बताइन्। ‘महिला फुटबलका सीमित प्रतियोगिता मात्र आयोजना हुन्छ, त्यसैले यी प्रतियोगिता नयाँ खेलाडीको उत्पादनका लागि फलदायी हुने हामीले अपेक्षा लिएका छौं,’ पेमाले भनिन्, ‘महिला खेलाडीले पनि क्लब तथा पालिकाबाट खेल्दै आम्दानी गर्न सक्छन्। यसले महिला फुटबललाई व्यावसायिकतातर्फ अघि बढाउँछ।

पेमाले जेठमा नै प्रतियोगिता आयोजना गर्ने तालिका रहे पनि कोरोना भाइरसको दोस्रो लहरका कारण निर्धारित समयमा प्रतियोगिता आयोजना गर्न नसकेको बताइन्।

प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख रूपैयाँ हात पार्नेछन्। प्रतियोगिताका उत्कृष्ट दुई टोली पुसमा आयोजना हुने महिला राष्ट्रिय लिगका लागि छनोट हुनेछन्। 

गत वर्ष राष्ट्रिय लिगमा एपिएफ, आर्मी, पुलिस, स्याङ्जाको वालिङ नगरपालिका, रौतहटको चन्द्रपुर नगरपालिका, विराटनगर महानगरपालिका र उदयपुरको चौदण्डीगढी नगरपालिका गरी ७ टोली सहभागी थिए। 

एपिएफले उपाधि जित्दा उदयपुरको चौदण्डीगढी नगरपालिका भने रेलिगेसनमा परेको थियो। लिगमा बाँकी रहेका ६ टोली र उपमेयर कपबाट छनोट भएर आएका दुई गरी कुल ८ टोलीले पुसमा आयोजना हुने महिला लिगमा प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित: ४ कार्तिक २०७८ ०३:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App