६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

कात्तिक ६ बाट भेट्रान्स फुटबल

नेपाल आर्मी भेट्रान्स र फुटबल फेलोसिप फुटबलर्स मिसन टुगेदरको आयोजनामा कात्तिक ६ गतेबाट सुरु हुने मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको उद्घाटन खेलमा भिड्ने भएका छन् ।

फुटबलर्स मिसन टुगेदरले मंगलबार प्रतियोगिताको समूह विभाजन तथा खेलतालिका सार्वजनिक गरेको हो। कात्तिक १६ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने प्रतियोगितामा २१ टोलीको सहभागिता रहेको छ। 

प्रतियोगितामा ४० वर्षमाथि उमेरसमूहका खेलाडीले मात्र खेल्न पाउँछन्। यद्यपि सबै टोलीले कम्तीमा ३५ वर्षमाथि र ४० वर्षमुनि उमेरसमूहका तीन खेलाडी राख्न पाउनेछन्। सहभागी २१ टोलीलाई ७ समूहमा विभाजित गरिएको छ।

जसअन्तर्गत समूह ‘ए’ मा नेपाल आर्मी भेट्रान्स, फुटबल फेलोसिप, फर्पिङ स्पोर्ट्स, समूह ‘बी’ मा एनआरटी, भनिमण्डल भेट्रान्स, वी आर ब्रदर्श, समूह ‘सी’ मा फ्रेन्ड्स क्लब, एनएनकेसी र बौद्ध भेट्रान्स, समूह ‘डी’ मा खुमल भेट्रान्स, ललितपुर वार्ड नम्बर १४, समूह ‘ई’ मा काभ्रे भेट्रान्स, हेटाैँडा नगरपालिका, झापा एफसी, समूह ‘एफ’ मा चितवन भेट्रान्स चितवन पश्चिम र बुटवल नगरपालिका तथा समूह ‘जी’ मा झम्सिखेल भेट्रान्स, श्री कुमारी क्लब र पोखरा भेट्रान्स रहेका छन् ।

प्रकाशित: ३ कार्तिक २०७८ ०२:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App