१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

काठमाडौंलाई शिवम् सिमेन्टको साथ

शिवम् सिमेन्ट लिमिटेडले एभरेस्ट प्रिमियर लिग (इपिएल) को टोली काठमाडौं किङ्स इलेभेनलाई मुख्य प्रायोजन गर्ने भएको छ।

इपिएलको चौथो संस्करण असोज ९ देखि २३ गतेसम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुनेछ। एभरेस्ट प्रिमियर लिगअन्तर्गत काठमाडौँ किङ्स इलेभेनमा शिवम् सिमेन्ट स्ट्रेन्थ पार्टनरका रूपमा आबद्ध हुनेछ।

 शिवम् सिमेन्ट लिमिटेडले काठमाडौं किङ्स इलेभेन टिमको मुख्य प्रायोजन तथा लिग अवधिभर टेलिभिजन ब्रोडकास्टका लागि स्ट्रेन्थ पार्टनरका रूपमा समेत आबद्ध हुने जनाएको छ। १५ दिनसम्म सञ्चालन हुने इपिएलमा काठमाडौं किङ्स इलेभेनसहित पोखरा राइनोज, भैरहवा ग्लाडियटर्स, ललितपुर प्याट्रियोट्स, विराटनगर वारियर्स र चितवन टाइगर्स गरी ६ फेन्चाइज टोलीको सहभागिता रहनेछ।  

नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछानेको कप्तानीमा उत्रन लागेको काठमाडौँ किङ्स इलेभेनमा पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी र जनकप्रकाश आबद्ध छन्। त्यस्तै गुल्सन झा, सुवास खकुरेल र सिद्धान्त लोहनीसहित राष्ट्रियस्तरका स्टार खेलाडीहरू रहेका छन्।  

युवा तथा अनुभवी खेलाडीको सन्तुलन भएकाले पनि टोलीले इपिएलमा उत्कृष्ट नतिजा ल्याउनेमा काठमाडाैँ विश्वस्त छ। 

प्रकाशित: १ आश्विन २०७८ ०२:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App