८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
खेल

लोकाटेल्ली युभेन्ट्सतर्फ

इटाली तथा सासौलोका मिडफिल्डर म्यानुयल लोकाटेल्ली बुधबार अनुबन्धनका लागि स्वास्थ परीक्षण गर्न युभेन्ट्स पुगेका छन्।  

सिरी ‘ए’ क्लब युभेन्ट्समा अनुबन्धननजिक पुगेका लोकाटेल्ली स्वास्थ्य परीक्षण गर्न क्लब पुगेका हुन्। गत महिना युरो कप २०२० को उपाधि उचाल्दाका सदस्य, २३ वर्षीय लोकाटेल्ली सुरुआतमा लोनमा अनुबन्धित हुन लागेका हुन् । आउँदो समर ट्रान्सफरमा उनी क्लबमा अनुबन्धित हुनेछन्। लोकाटेल्लीको टोली इटालीले एक महिनाअघि सम्पन्न युरो कप २०२० को उपाधि उचालेको थियो, जहाँ उनको प्रदर्शन निकै प्रशंसनीय रहेको थियो। पाँच खेल खेलेका लोकाटेल्लीले दुई गोल गरेका थिए।

सुरुआतमा लोनमा भित्रिन लागेका लोकाटेल्ली आगामी समरमा ३० मिलियन पाउन्डमा स्थायी रूपमा अनुबन्धित हुनेछन्। एसी मिलानका पूर्वखेलाडी उनी २०१८ मा सासौलोमा जोडिएका थिए। यस्तै उनको चर्चा यसै वर्षको खेलाडी सरुवा बजारअन्तर्गत प्रिमियर लिग क्लबद्वय आर्सनल र लिभरपुलमा चलेको थियो। तर अन्तिम समयमा चर्चा यतिकै सेलाएको थियो।

सिरी ‘ए’ क्लब युभेन्ट्स २०१२ पछि पहिलो पटक उपाधि उचाल्नबाट वञ्चित भएको थियो। गत सिजन सम्पन्न सिरी ‘ए’ लिगमा इन्टर मिलान च्याम्पियन बन्दा युभेन्ट्सले चौथौ हुँदै लिगको समापन गरेको थियो। त्यसपछि क्लबले आन्द्रे पिर्लोलाई बर्खास्त गरेर पूर्वप्रशिक्षक मासिमिलियानो एल्गिरीलाई नियुक्त गरेको थियो। युरोपका अन्य शीर्ष लिग सुचारु भइसक्दा सिरी ‘ए’ भने अझै सुचारु भएको छैन। आगामी शनिबारबाट लिग सुचारु हुने तालिका छ। जसमा साबिक च्याम्पियन इन्टर मिलानले जिनोवासँग खेल्दै लिगको आरम्भ हुनेछ। सोही दिन सासौलोले भेरोनासँग खेल्ने तालिका छ।

प्रकाशित: ३ भाद्र २०७८ ०२:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App