६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

विश्वकप २०३० या ०३४ को दाबेदारी गर्नेछौं– अस्ट्रेलिया

अस्ट्रेलिया फुटबल संघका प्रमुख जेम्स जोन्सनले आफूहरूले सन् २०३० अथवा २०३४ को फिफा विश्वकप आयोजनाका लागि दाबेदारी प्रस्तुत गर्ने जनाएको छ। अस्ट्रेलियाले न्युजिल्यान्डसँग संयुक्त रूपमा सन् २०२३ मा महिला विश्वकपको आयोजना गर्दै छ। यसअघि अस्ट्रेलियाले सन् २०२२ को विश्वकप आयोजनाको दाबी प्रस्तुत गरे पनि सफल हुन सकेन। सन् २०२२ को विश्वकप आयोजनाको अधिकार कतारले पाएको थियो। 

अस्ट्रेलियाले सन् २०२३ को महिला विश्वकप र सन् २०३२ को ब्रिस्बेन ओलम्पिकको आयोजना अधिकार पाइसकेकाले त्यो नै सन् २०३० र २०३४ मध्ये एउटा संस्करणको विश्वकप आयोजनाका लागि दाबी प्रस्तुत गर्ने बलिया आधार भएको उनी बताउँछन्। ‘हामी सन् २०२३ मा ठूलो प्रतियोगिता आयोजना गर्दै छांै,’उनले भने, ‘आशा छ, हामीले अरू पनि ठूला ठूला प्रतियोगिता आयोजनाको अधिकार पाउँछौं। अहिले सबै राष्ट्रले कुनै न कुनै प्रतियोगिता आयोजनाको दाबी प्रस्तुत गरिरहेका छन्।’ 

प्रकाशित: २९ श्रावण २०७८ ०२:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App