१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

अमेरिकालाई रोक्दै क्यानाडा फाइनलमा

जेसी फ्लेमिङको गोल प्रेरणाबाट क्यानाडाले चार पटकको ओलम्पिक विजेता अमेरिकी महिला फुटबल टोलीलाई १–० ले हराउँदै पहिलो पटक ओलम्पिकको फाइनलमा पुगेको छ।

जेसीले दोस्रो हाफमा गरेको पेनाल्टी गोलमामार्फत क्यानाडा बलियो अमेरिकामाथि जित रच्दै सोमबार टोकियो ओलम्पिकको फाइनलमा पुगेको हो। ७४औं मिनेटमा जेसीले गोल गरेकी थिइन् र त्यो गोलले नै क्यानाडाले सन् २००१ पछि छिमेकी राष्ट्र अमेरिकामाथि जित रच्यो। क्यानाडाले अमेरिकाको ३६ खेलसम्म अपराजित यात्रामा पनि पूर्णविराम लगाइदिएको छ। ‘पक्कै यो अविश्वसनीय नतिजा हो। कोही पनि हार बेहोर्न चाहँदैन,’ अमेरिकी स्टार फरवार्ड मेगन रापिनोईले भनिन्, ‘क्यानाडासँग हार बेहोर्ने चाहनै थिएन। तर, हारको सामना गर्नुपर्‍यो। यो नतिजा हामी सबैका लागि दुखलाग्दो छ।’  

यी दुईबीच ओलम्पिकको पछिल्लो भेट सन् २०१२ मा भएको थियो। अमेरिका र क्यानाडाले संयुक्त रूपमा सात गोल गरेका थिए। ओल्ड ट्राफोर्डमा भएको सेमिफाइनल अतिरिक्त समयसम्म धकेलिएको थियो, जहाँ अमेरिकाले ४–३ को यादगार जित दर्ता गरेको थियो। क्यानाडाका खेलाडीले अन्य केही आक्रमण बनाए पनि अमेरिकाकी गोलकिपर एलिसा नाइहेरले बचाउ गरिन्, जो नेदरल्यान्ड्सविरुद्धको क्वार्टफाइनलमा नायक पनि थिइन्। चोटका कारण उनी पहिलो हाफमा नै मैदानबाट बाहिरिन पुगिन्। उनलाई एड्रियन्ना फ्रान्चले प्रतिस्थापन गरेकी थिइन्। क्यानाडाकी गोलकिपर स्टेफेनी लाब्बेले पनि केही उत्कृष्ट बचाउ गरेकी थिइन्।  

उनी पनि ब्राजिलविरुद्धको क्वार्टरफाइनलमा नायक थिइन्। उनले ब्राजिलसँगको पेनाल्टी सुटआउटमा पनि प्रहार जोगाउँदा क्यानाडाले अमेरिकासँगको भेट पक्का गरेको थियो। उनले अमेरिकाविरुद्ध जुली इज्र्टको हेडरलाई बिफल पारेकी थिइन्। अमेरिकाले सन् २०१६ को ओलम्पिकमा पनि अन्तिम आठको खेलमा स्विडेनसँग हार बेहोरेको थियो।  

 

प्रकाशित: १९ श्रावण २०७८ ०२:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App