६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

रोटरी हाफ म्याराथनको उपाधि अनिशलाइ

रुपन्देहीमा सम्पन्न रोटरी हाफ म्याराथनका बिजेता धावक। <br>

रुपन्देहीमा शनिबार सम्पन्न रोटरी  हाफ म्याराथनको उपाधि पर्वतका अनिश थापा मगरले जितेका छन । भारतीय गोर्खा राईफल्स हैदरावादमा कार्यरत थापाले १ सय १५ जना प्रतिश्पर्धीलाइ पछि पार्दै म्याराथनको उपाधी जितेका हुन । बुटवलदेखि भैरहवा सम्मको २१.१ किलोमिटरको दुरी १ घण्टा ६ मिनेट ३९ सेकेण्डमा पार गर्दै अनिशले उपाधी चुमेका हुन । जितसंगै उनले १ लाख नगद पुरस्कार सहित मेडल प्राप्त गरे ।  

प्रतियोगीतामा  भारतीय सेनामै कार्यरत पाँचथरका दीपक सुहाङ उपविजेता बने । सुहाङले १ घण्टा ८ मिनेट २५ सकेण्डमा दुरी पार गर्दे उप विजेता बनेका हुन । उनले ७५ हजार नगद सहित मेडल प्राप्त गरे । १ घण्टा ९ मिनेट ५४ सेकेण्डमा दुरी पार गर्दै एपिएफका किरण बोगटी तेश्रो भए । सशस्त्र प्रहरी बल ५ नम्बर बाहिनी कपिलबस्तुमा कार्यरत बोगटीले तेश्रो पुरस्कार नगद ५० हजार र मेडल प्राप्त गरे । सान्त्वना पुरस्कार मिलन कार्की र श्रीकेस राइले ५÷५ हजार पाए ।  

तोकीएको दुरी सबैभन्दा छिटो पार गर्ने महिला धावकलाइ प्रोत्साहन स्वरुप पहिलो दोश्रो,तेश्रो र सान्त्वनालाइ सम्मान पुरस्कार दिइयो । नेपाली सेना ५ नम्बर बाहिनी कपिलबस्तुमा कार्यरत दैलेखकी भवना शाहीले १ घण्टा ३८ मिनेट २५ सकेण्डमा दुरी पार गर्दै प्रथम भइन । उनले २० हजार नगद सहित सम्मान पाइन । सेनाको गोरखदल गणमा कार्यरत पाल्पाकी मिनिशा थापाले १ घण्टा ४२ मिनेट १८ सेकेण्डमा दुरी पार गर्दै द्धितिय भइन । उनले १५ हजार नगद सहित सम्मान पाइन । बर्दियाकी कल्पना थारुले १ घण्टा ४३ मिनेट ४ किलोमिटर दुरी पार गर्दै १० हजार नगद प्राप्त गरीन । विपिका पुनले २ घण्टा ३ मिनेट ४८ सेकेण्डमा दुरी पार गर्दे सान्त्वना स्वरुप ५ हजार प्रोत्साहन पुरस्कार पाइन ।  

खुला हाफ म्याराथन भएपनि महिला खेलाडीलाइ प्रोत्साहन गर्ने उद्येस्यले पुरस्कृत गरीएको आयोजक रोटरी क्लब अफ भैरहवाका अध्यक्ष शिवहरी शर्माले बताए । रोटरी क्लब आफ भैरहवाको आयोजना तथा रिजन ५ का रोटरी क्लब तथा जोन ११ र १२ का रोट्याक्ट क्लवहरुको सह आयोजनाको प्रतियोगितामा १ सय १६  धावक सहभागी भएको प्रतियोगीता संयोजक राजकुमार गुप्ताले बताए । म्याराथन बुटवलको पुष्पलाल पार्कबाट सुरु भएर योगीकुटी, शंकरनगर, मणिग्राम, भलवारी, कोटिहवा, भैरहवाको बर्मेली टोल–नारायणस्थान हुँदै सानू डिपार्टमेन्टल चोकमा पुगेर समापन भएको थियो । रुपन्देहीका प्रहरी प्रमुख एसपि प्रविण पोखरेल र रोटरी ईन्टरनेसनल डिष्ट्रिक ३२९२ का डिष्ट्रिक गभर्नर राजीव पोखरेलले संयुक्त रुपमा उद्घाटन गरे । प्रतियोगीताको मारुति फुडपार्क प्रालिको उत्पादन काठमाण्डौ गेट प्रिमियर जिरा मसिनो चामलको मुख्य प्रायोजन र नेपाल अम्बुजा सिमेन्ट र शाल्ट ट्रेडिङ कर्पोरेसनले सहप्रायोजन  गरेको थियो ।  

प्रकाशित: २२ फाल्गुन २०७७ १०:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App