१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

पुष्पलाल स्मृति ब्याडमिन्टनको तयारी पूरा

१०औं संस्करणको योनेक्स सनराइज पुष्पलाल स्मृति  र्‍याङकिङ ब्याडमिन्टन प्रतियोगिताको तयारी पूरा भएको छ। नेपाल खेलकुद महासंघअन्तर्गत राष्ट्रिय ब्याडमिन्टन संघ नेपाल र गोलबजार नगरपालिका लाहानको संयुक्त आयोजनामा पौष २९ देखि हुने प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको हो। नेपाल ब्याडमिन्टन संघ र गोलबजार ब्याडमिन्टन संघको सहयोगमा हुने प्रतियोगिता माघ ३ गतेसम्म सञ्चालन हुनेछ।  

प्रतियोगितामा पुरुष एकल (शीर्ष १६ स्थानका खेलाडी) र महिला एकल (शीर्ष १२ स्थानका खेलाडी), पुरुष एकल (शीर्ष १६ बाहेक) र महिला एकल (शीर्ष १२ बाहेक) पुरुष तथा महिला युगल, छात्र तथा छात्रा यु– १७ एकल र ४५ वर्षमाथिको भेट्रान्स युगल गरी १० विधामा प्रतिपर्धा हुनेछ। प्रतियोगितामा नेपाल ब्याडमिन्टन संघसँग आबद्ध ४७ जिल्ला र तीन विभागीय टोलीका गरी करिब दुई सय खेलाडीको सहभागिता हुने आयोजकले जनाएको छ।

प्रतियोगिताको  र्‍याङकिङ प्रतिस्पर्धामा सहभागी खेलाडीले सहभागिताबापत एक हजार ५ सय रूपैयाँ प्राप्त गर्नेछन्। यस्तै पहिलो चरणको लिगमा विजयी खेलाडीले प्रत्येक जितबापत थप १ हजार ५ सय रूपैयाँ प्राप्त गर्नेछन्। यस्तै क्वार्टरफाइनलमा विजयीले आठ हजार र सेमिफाइनलमा विजयीले १६ हजार रूपैयाँ प्राप्त गर्नेछन्। विजेताले थप २० हजार र उपविजेताले थप पाँच हजार रूपैयाँ प्राप्त गर्नेछन्।

प्रकाशित: २६ पुस २०७७ ०३:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App