६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

डडेल्धुरामा राष्ट्रियस्तरीय खेलमैदानको निर्माण सुरु

डडेल्धुराको अजयमेरू गाउँपालिका–३ चनबेतालमा राष्ट्रियस्तरको खेल मैदान (रङ्गशाला) को निर्माण सुरु भएको छ।

जिल्ला, प्रदेश र राष्ट्रिस्तरका खेलकूद प्रतियोगिता एकै स्थानमा आयोजना गर्न सक्ने गरि खेल मैदान निर्माणको शुरुवात गरिएको हो। राष्ट्रियस्तरको खेल मैदान निर्माणको शुरुवात भएसंगै स्थानीयवासीमा खुशियाली छाएको छ।

करिब २० करोड रुपैयाँको लागतमा बहुवर्षीय योजनाअन्तर्गत निर्माण हुन लागेको सो राष्ट्रियस्तरको खेल मैदान १५० मिटर लम्वाइ र ८० मिटर चौडाइको हुनेछ। यो मैदान निर्माणका लागि गत दुई आर्थिक वर्षमा ४० लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको गाउँपालिकाले जनाएको छ।  

गुरुयोजना अनुसार गाउँपालिकाले खेलमैदान निर्माणका लागि चालू आर्थिक वर्षमा ३५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। यसका लागि बोलपत्र आह्वान भइसकेको र केही दिनमै मैदान निर्माणको काम सुरु हुने गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्टले जानकारी दिए। अहिले मैदान सम्याउने काम भइरहेको छ। चालू आर्थिक वर्षमा नै पर्खाल लागउने काम पनि सम्पन्न हुने उनको भनाइ छ। उनका अनुसार खेलमैदानमा प्याराफिट लगाउने, स्वीमिङ पुल, शौचालय, कर्भड हलसहित विभिन्न भौतिक संरचना पनि निर्माण गरिने छ।

‘एक वडा एक खेलमैदान’को अवधारण अनुसार बाँकी वडामा पनि खेलमैदान बनाउने काम सुरु भएको गाउँपालिकाले जनाएको छ। खेलकूद क्षेत्रको विकासका लागि भन्दै गाउँपालिकाले पाँच जनालाई खेल प्रशिक्षकको रुपमा चयन गरेको छ। रासस

प्रकाशित: २१ कार्तिक २०७७ ०९:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App