६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

बुटवलमा सम्पन्न साइक्लिङ च्यालेञ्जको उपाधी सञ्जयलाई

बुटवलमा भएको पहिलो क्रस कन्ट्रि रेस फेस्टिबल साईक्लिङ च्यालेन्ज २०२० को उपाधि बुटवलका सञ्जय परियारले हात पारेका छन्। ह्याप्पी साईक्लिङ क्लबको आयोजनामा भएको प्रतियोगितामा २६ जनालाई पछि पार्दै परियारले उपाधि हात पारेका हुन। उनले २०.१९ मिनेटमा रेस पूरा गर्दै उपाधि चुमेका हुन ।  उपाधिसंगै उनले नगद ५ हजार ५ सय ५५ रुपैया प्राप्त गरे ।  

बुटवलका समिर रायनले २१.३४ मिनेटमा दूरी पार गर्दै दोस्रो स्थान हाँसिल गरे । उनले नगद ३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गरे । दुबै जना बुटवल साईक्लिङ ग्रुपमा आवद्ध छन । यसैगरि बुटवलकै सृजन श्रेष्ठले २५.३३ मिनेटमा दुरि पार गर्दै तेस्रो स्थान हासिल गरेका छन । उनले नगद १ हजार १ सय ११ रुपैया प्राप्त गरेका छन । कोरोना महामारीका बेलामा साईक्लिङले शारीरिक तदुरुस्ती कायम गर्न मदत पु¥याउने भएकाले पछिल्लो समय साईकलप्रति मोह जागेको छ । साइक्लिङको मोहसँगै यसको प्रवद्र्धन गर्ने उदेश्यले क्रस कन्ट्री रेस फेस्टिबल गरिएको हो ।  

भिक्टर फुड र लेभिस लन्च एण्ड बार तथा एफोर्डेबल क्लोथिङ स्टोरको मुख्य प्रायोजन भएको प्रतियोगिताको बुटवल खेलकुद विकास समितिका अध्यक्ष नन्दु काउचाले स्वस्थ्य रहन साईक्लिङ महत्वपुर्ण हुने बताए। रुपन्देही जिल्ला साईक्लिङ संघका अध्यक्ष पुकार थापा, क्लबका अध्यक्ष सुमन श्रेष्ठ, कार्यक्रम संयोजक किरण श्रेष्ठ, बुटवल युनाईटेडका अध्यक्ष उत्तम श्रेष्ठ, तिनाउका अर्जुन गुरुङले पुरस्कार बितरण गरेका थिए ।

प्रकाशित: २ कार्तिक २०७७ १३:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App