६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

रेफ्रीमाथि फेरि जोकोभिचको प्रहार

फ्रेन्च ओपनको चौथो चरणमा जित हात पारेको खेलमा नोभाक जोकोभिचले प्रहार गरेको बल लाइन जजको मुखमा लागेपछि उनले त्यसलाई ‘निकै असहजताको क्षण’ रहेको प्रतिक्रिया दिएका छन् ।  

३३ वर्षे सर्बियन जोकोभिच गत महिना युएस ओपनमा पनि लाइन जजमाथि बल प्रहार गरेपछि खराब आचरण भन्दै उनी प्रतियोगिता खेल्न अयोग्य घोषित भएसँगै प्रतियोगिताबाट बाहिरिएका थिए । यस पटक भने उनले कारेन काचानोभमाथि सोझो सेटमा जित हात पारे । युएस ओपनमा उनले खेलमा पछि परेपछिको रिस पोख्न खल्तीबाट बल झिक्दै प्रहार गरेका थिए । यस पटक उनले खेलदौरान प्रहार गरेको बल लाइन जजलाई लागेका कारण उनलाई कुनै संकटको सामना गर्नु परेन । ‘आशा छ उनी ठीक छन्,’ जोकोभिचले भने, ‘उनले बहादुरीका साथ त्यो क्षणको सामना गरे । उनी निकै नजिक थिए, सम्भवतः मैले गरेको प्रहारले उनलाई धेरै दुखेको हुनुपर्छ ।’  

नोभाक जोकोभिच गत महिना युएस ओपनमा लाइन जजमाथि बल प्रहार गरेपछि अयोग्य घोषित भएसँगै प्रतियोगिताबाट बाहिरिएका थिए । यस पटक भने उनले प्रहार गरेको बल लाइन जजलाई लागे पनि कुनै संकटको सामना गर्नु परेन ।

विश्व नम्बर एक जोकोभिचले युएस ओपनअन्तर्गत चौथो चरणको खेलमा स्पेनका पाबलो कारेनो बुस्टाविरुद्ध पहिलो सेट गुमाएसँगै आवेगमा प्रहार गरेको बल लाइन जजको घाटीमा लागेको थियो । यस पटक लाइन जज घाइते भएनन् र उनले न्युयोर्कमा व्यहोरेको नियति पेरिसमा भने भोग्नु परेन । ‘मलाई निकै असहज भइरहेको थियो । बलले उनलाई लागेपछि नै मैले उनलाई भेटें । उनी घाइते थिएनन्,’ जोकोभिचले भने, ‘पक्कै पनि न्युयोर्कमा जे भयो, यस पटक पनि मलाई मानिसहरूले त्यस्तै रूपमा चित्रण गर्न सक्छन् । यस्तो घटना मसँग मात्र हुँदैन, अन्य खेलाडीले पनि यस्तो घटनाको सामना गरेको हुनुपर्छ ।’  

युएस ओपनमा उनी कारेनो बुस्टाविरुद्धको खेलमा अयोग्य घोषित भएका थिए । फ्रेन्च ओपनको सेमिफाइनल प्रवेशका लागि जोकोभिचले पुनः बुस्टाकै सामना गर्नेछन् । जोकोभिचले काचानोभविरुद्ध ६–४, ६–३, ६–३ को जित हात पारेका हुन् । बुस्टाले भने जर्मनका ड्यानियल अल्टमायरमाथि ६–२, ७–४, ६–२ को जित हात पारे । २०२० सुरु भएपछि जोकोभिचले युएस ओपनबाट खराब आचरणका कारण बाहिरिनुबाहेक ३६ खेलसम्म अपराजित छन् ।

विश्व नम्बर तीन स्तब्ध  
महिलातर्फ विश्व नम्बर तीन इलिना सभितोनालाई ६–२ र ६–४ ले स्तब्ध बनाउँदै अर्जेन्टिनाकी नादिया पोडोरोस्का मंगलबार सेमिफाइनलमा पुगेकी छन् । उनी ओपनतर्पm सेमिफाइनलमा पुग्ने पहिलो क्वालिफायर खेलाडीसमेत बनिन् । विश्वको १ सय ३१औं वरीयताकी पोडोरोस्काले यसअघि ग्रान्ड स्लाममा एउटा पनि खेल जितेकी थिइनन् । उनी सन् २००४ मा पाउलो स्वारेज पछि ग्रान्ड स्लामको सेमिफाइनलमा पुग्ने पहिलो अर्जेन्टिनी महिला खेलाडीसमेत बनिन् ।

२३ वर्षीया पोडोरोस्काले सेमिफाइनलमा पोल्यान्डकी युवा स्टार इगा स्विटेक या इटालीकी मार्टिना ट्रेभिसानबीचको विजेतासँग खेल्नेछिन् । यता सभितोलिनाले तेस्रो पटक फ्रेन्च ओपनको क्वार्टरफाइनलबाट बाहिरिएकी छन् । यसअघि उनी सन् २०१५ र २०१७ को फ्रेन्च ओपनमा पनि क्वार्टरफाइनलबाट बाहिरिएकी थिइन् । यसअघि महिलातर्फ लगातार शीर्ष खेलाडी बाहिरिँदा सभितोलिना पनि स्तब्ध भइन् । 

प्रकाशित: २१ आश्विन २०७७ ०३:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App