६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

जोकोभिक युएस ओपन टेनिसबाट बाहिरिए, रैंकिंग प्वाइन्ट र प्राइज गुमाउने

सर्वियन खेलाडी नोभाक जोकोभिच युएस ओपन टेनिस च्याम्पियनसिपबाट बाहिरिएका छन्। उपाधिको मुख्य दाबेदारको रुपमा रहेका जोकोभिचले चौथो चरणको खेल अन्तर्गत स्पेनको कारेनो बुस्टाविरुद्धको खेलमा लाइन जजलाई बलले हानेपछि च्याम्पियनसिप खेल्न अयोग्य अर्थात  ‘डिस्क्वालिफाइड’ भएका हुन्।

बुस्टासँग अंक गुमाएपछि ३३ वर्षीय जोकोभिचले आक्रोशित हुँदै लाइन जज तर्फ बल हानेका थिए। उनले हानेको बलले लागेपछि लाइन जज ढलेका थिए।  

अफिसियलहरुबीच लामो छलफलपछि जोकोभिचलाई प्रतियोगिता खेल्न नदिने निर्णय भएको थियो। युनाइटेड स्टेट्स टेनिस एसोसिएसनले एक स्टेटमेन्ट जारी गर्दै जोकोभिचले लाइन जजलाई बल हानेकोले उनलाई प्रतियोगिताबाट डिस्क्वालिफाइट गरेको पुष्टि गरेकोछ।

 साथै उनले युएस ओपनको सबै रयाङ्किङ प्वाइन्ट र प्राइज मनी पनि गुमाउने जनाएको छ। जोकोभिचले पनि इन्स्टाग्राममा एक स्टेटमेन्ट जारी गर्दै दुःखी बनाएको र युएस ओपनसँगै सबैसँग माफी माग्न चाहेको प्रतिक्रिया दिएका छन्।

प्रकाशित: २२ भाद्र २०७७ ०४:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App