६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

अब खोकेमा रातो कार्ड

दी इन्टरनेसनल फुटबल एसोसिएसन बोर्ड (आइएफएबी) र इङ्ल्यान्ड फुटबल संघ (एफए) ले कुनै पनि फुटबल खेलाडीले विपक्षी खेलाडी वा खेल पदाधिकारीअघि नियतवश खोकेमा रातो कार्ड देखाउन सक्ने बताएका छन्  ।

आइएफएबीले कोरोना भाइरसको महामारी नसकिएको र संक्रमण उच्च जोखिम रहेको भन्दै यो कार्य अपशब्द बोल्ने र खेल भावनाविपरितको हाउभाउ देखाउने जस्तै भएकाले नयाँ नियम लागू गर्न लागेको जनाएको हो।  

‘रेफ्रीले यस्तो व्यवहार थाहा पाएमा खेलाडीलाई चेतावनी दिनुका साथै रातो कार्डसमेत दर्शन गराउन सक्छन्,’ आइएफएबीले जारी गरेको विज्ञप्तिामा भनिएको छ।  

कोरोना भाइरस महामारीको उच्च संक्रमण जोखिम भएको भन्दै नयाँ नियम लागू गरिएको हो।  

‘अकस्मात् खोकेमा  वा खोक्दा खेलाडीबीचको दूरी धेरै छ भने रेफ्रीले खेलाडीलाई रातो कार्ड नदेखाउन पनि सक्छन्,’ आइएफएबीले भनेको छ, ‘यद्यपि नियमवश यस्तो कार्य गरेको पाइएमा भने रेफ्रीले उक्त खेलाडीलाई मैदानबाहिर पठाउन सक्नेछन्।  

एफएले पनि ग्रासरुट फुटबलबाटै तत्काल यो नियम लागू गर्ने घोषणा गरिसकेको छ।  

‘यदि घटना गम्भीर नभएको खण्डमा सो खेलाडीलाई रेफ्रीले खेलभावनाविपरीत भएको भन्दै चेतावनी मात्र दिन पनि सक्छन्,’ एफएको विज्ञप्तिमा भनिएको छ। 

प्रकाशित: २१ श्रावण २०७७ ०५:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App