७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

जोकोभिच र नाडाल असन्तुष्ट

विश्वका अधिकांश खेल पुनः लय समात्ने योजनाहरू बुनिरहँदा टेनिसमा भने हालसम्म कुनै पनि किसिमका तयारी देखिएका छैनन्। युरोपलगायत केही देशमा फुटबलका प्रतिस्पर्धा फर्किंदै गर्दा एमएमए र क्रिकेटले पनि धमाधम नयाँ कार्यतालिका प्रस्तुत गरिसकेका छन्। रेसिङका प्रतिस्पर्धा पनि सुरु हुने तयारीमा रहेको समय टेनिसबारे भने अभैm अनभिज्ञता छ।

कोरोना भाइरसको महामारीकै कारण यसअघि नै यस सिजनका तीन ग्रान्ड स्लाम प्रभावित भइसकेका छन्। यद्यपि, एटिपीले युएस ओपन भने सञ्चालन गर्ने योजना बनाउँदा यो सिजनमा क्षति केही कम गर्ने प्रयास जारी राखेको छ। तर, टेनिसका शीर्ष खेलाडी भने सिजन फर्काउने योजनाको विपक्षमा देखिएका छन् र उनीहरू फेडेरेसनको उपायमा सहमत छैनन्। टेनिसका महान् खेलाडी नोभाक जोकोभिच र राफाइल नाडालले टेनिस फर्काउने विषयलाई लिएर आफूहरूको असन्तुष्टिका आवाज उठाएका छन्। विश्व नम्बर एक जोकोभिचले ग्रान्ड स्लाम फर्काउने उपायबारे आफ्नो असन्तुष्टि व्यक्त गरेका छन्।

उनी युएस ओपनको तीन पटकका च्याम्पियनसमेत हुन्। नियम चरम अवस्थामा भएको उल्लेख गर्दै उनले खेल ग्रान्ड स्लाम फर्काउने सुझाव वास्तवमै कठोर भएको प्रतिक्रिया दिए। ‘हिजो मात्र मैले विश्व टेनिसका शीर्ष व्यक्तिसँग कुराकानी गरेको थिएँ। उनीहरू सिजन सञ्चालन गर्ने योजनामा छन् तीमध्ये पनि महŒवपूर्ण युएस ओपन अगस्टको अन्तसम्म भए पनि गर्ने प्रयास भइरहेको छ। तर, यो हुने नै छ कि छैन, ग्यारेन्टी छैन,’ जोकोभिचले एक सञ्चारमाध्यममा उल्लेख गरेका छन्। साथै जोकोभिचले नयाँ कार्यतालिकामा बनेका नीति नियम केही असहज र चरमपूर्ण भएको बताएका छन्।

‘जुन नियम उनीहरूले हामीलाई भने त्यसलाई मान्न निकै कठिन छ। हामी एयरपोर्टकै होटलमै बस्नुपर्ने र एक हप्तामा तीन पटकसम्म परीक्षण गर्नुपर्ने सहज हुनेछैन। एउटा क्लबमा एक जना मात्र व्यक्ति हुने सम्भव छैन,’ सर्बियन स्टार जोकोभिचले भने, ‘मैले भन्न खोजेको हामीलाई प्रशिक्षकको आवश्यकता पर्दछ, फिटनेस ट्रेनर चाहिन्छ र अनि फिजियोथेरापिस्ट पनि।’ विश्व टेनिसका शीर्ष व्यक्तिको उपाय वास्तवमा कठोर भएको निचोड निकाल्दै उनले यी निर्णयको पछाडि वित्तीय कारण रहेको बताए।

‘निर्णयहरू सहज छैनन्। यस्तो परिस्थिति किन सिर्जना गरियो भन्नेप्रति पनि जानकार छु। वित्तीय र आयोजकको विभिन्न पक्षसँगको सम्झौता पनि एक कारण होलान्। हेरौं अब के हुँदै जानेछ,’ जोकोभिचले प्रश्न गरे। नाडालले पनि वर्तमान स्थितिमा अघि बढ्नु भनेको युएस ओपन खेल भन्ने प्रस्ताव रहेको बताए। ‘जबसम्म सुरक्षित हुनेछौं भन्ने वातावरण सिर्जना हुँदैन त्यति बेलासम्म खेल फर्काउनु हुन्न र सबै खेलाडीको स्वास्थ्य सुरक्षामा ध्यान दिनु नै उत्तम र जायज हुनेछ,’ नाडालले भने, ‘यदि मलाई युएस ओपन खेल्न आग्रह हुन्छ भने म इन्कार गर्नेछु।’

प्रकाशित: २८ जेष्ठ २०७७ ०५:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App