१७ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

ससिन र दीपेशको जोडी च्याम्पियन

काठमाडौं – लतिलपुरका ससिन डंगोल र दीपेश शाक्यको जोडी दशौं खुला बबिन स्मृति ब्याडमिन्टन प्रतियोगितामा च्याम्पियन भएका छन्। किङकम क्लब बानेश्वरको आयोजनामा सोमबार भएको प्रतियोगिताको पुरुष युगलको फाइनलमा ससिन र दीपेशको जोडी आयोजकका विकाशचन्द्र राई र यम रानाको जोडीलाई हराउँदै च्याम्पियन भएका हुन्। बानेश्वरस्थित क्लबको कोर्टमा सम्पन्न फाइनलमा ललितपुरको योङ स्टार क्लबका ससिन र दीपेशको जोडीले आयोजकका विकाशचन्द्र र यमको जोडीलाई २–१ को सेटमा हराएको थियो।

ससिन र दीपेशको जोडीले पहिलो सेट २१–१८ ले आफ्नो बनाउँदै अग्रता लिएको थियो। यद्यपि, दोस्रो सेट विकाशचन्द्र र यमको जोडीले २१–११ ले आफ्नो बनाउँदै उत्कृष्ट पुनरागमन गर्न सफल भयो। तर, तेस्रो सेट विकासचन्द्र र यमको जोडीले २१–१८ ले गुमाएपछि ससिन र दीपेशको जोडीले उपाधि आफ्नो बनायो। विजेताले ४० हजार रुपैयाँ र उपविजेताले २५ हजार रुपैयाँसहित ट्रफी र मेडल ट्रफी प्राप्त गरे।

लतिलपुरकै योङ स्टार क्लबका सुमन शाक्य र सनिल शाक्यको जोडी तेस्रो भयो।  शाक्यको जोडीले नगद १५ हजार रुपैयाँ प्राप्त ग¥यो। भेट्रान्स डबलतर्पm एभरेस्ट ब्याडमिन्टन क्लबका डिबी लामा र नारायण श्रेष्ठको जोडी च्याम्पियन भयो। लामा र श्रेष्ठको जोडीले फाइनलमा पेप्सी क्लबका कृष्णराम थापा र सुरेन्द्र कटुवालको जोडीलाई २–१ को सेटमा हरायो।

पहिलो सेट लामा र श्रेष्ठको जोडीले २१–१९ ले आफ्नो बनाए पनि दोस्रो सेट थापा र कटुवालको जोडीले २१–१२ ले आफ्नो पक्षमा पार्दै पुनरागमन गरेको थियो। तर, तेस्रो सेट लामा र श्रेष्ठको जोडीले २१–१८ ले आफ्नो पक्षमा पार्दै उपाधि जित्यो। च्याम्पियन लामा र श्रेष्ठको जोडीले नगद २० हजारसहित र दोस्रो भएका कृष्णराम थापा र सुरेन्द्र कटुवालको जोडीले नगद १२ हजार रुपैयाँ प्राप्त गरे।

तेस्रो भएका वाणगंगा क्लबका देवेन्द्र दुलाल र खेमराज भट्टको जोडीले नगद ८ हजार रुपैयाँसहित मेडल प्राप्त ग¥यो। विजेतालाई पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह र नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, बागमती प्रदेशका सांसद दीपेन्द्र श्रेष्ठ र राजेन गुरुङलगायतले पुरस्कृत गरेका थिए।

दशौं खुला बबिन स्मृति ब्याडमिन्टनको पुरुष युगलको फाइनलमा शसिन र दीपेशको जोडी आयोजकका विकाशचन्द्र राई र यम रानाको जोडीलाई हराउँदै च्याम्पियन भएका हुन्।

प्रकाशित: २७ फाल्गुन २०७६ ०२:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App