१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

बुटवल–११ लाई सफलता

भैरहवा - भैरहवामा जारी नेपाल टेलिकम रूपन्देही सुपर लिग डिभिजन ‘ए’ अन्तर्गतको बिहीबार सम्पन्न खेलमा बुटवल–११ क्रिकेट क्लब विजयी भएको छ। शिवशक्ति  क्रिकेट क्लब भैरहवालाई १ सय २२ रनकोे पराजित गर्दै बुटवल–११ विजयी भएको हो। पराजयसँगै शिवशक्ति क्रिकेट क्लबसहित बेस्टर्न,  साइग्लोबल र शंकरनगर क्रिकेट क्लब डिभिजन ‘बी’ मा घटुवा भएका छन्।

टस जितेर ब्याटिङ गरेकोे बुटवल–११ क्रिकेट क्लबले ४४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९१ रन बनाएको थियो। १ सय ९२ रनको लक्ष्य पाएको शिवशक्तिले  लक्ष्य  भेट्न नसकेपछि हार बेहोर्नुप-यो। जितका लागि ईशान पाण्डेले १ सय १०, अमित श्रेष्ठले २५ र सुशान्त तिमिल्सिनाले १३ रनको योगदान गरे। बलिङमा शिवशक्तिका विष्णु कटरिया र सुवास विश्वकर्माले समान ३ तथा कृष्ण कार्की, अमरसिंह रौटेला र दुर्गेश कुर्मीले समान १ विकेट लिए।

दोस्रो पारी खेल्दै शिवशक्तिले पाएको लक्ष्य पूरा गर्न सकेन। २५ दशमलव ५ ओभरमा पूरै विकेट गुमाउँदै ६९ रन मात्र बनायन सक्यो। उसका लागि कृष्ण कार्कीले १८ र मिरनाल गुरुङले १६ रनको योगदान गरे। बलिङमा बुटवल–११ का एजाज आलमले ३, ईशान पाण्डेले २ तथा देवेन्द्र सोमरे र प्रकाश केसीले  समान १ विकेट लिए। बिहीबारको खेलमा बुटवल–११ का ईशान पाण्डे म्यान अफ दी म्याच भए। उनलाई रूपन्देही क्रिकेट संघका सदस्य उदयकुमार मल्लिकले  नगद  एक हजार रुपैयाँ र सिल्डसहित पुरस्कृत गरे।

शुक्रबारबाट सेमिफाइनल खेल सुरु हुनेछन्। लुम्बिनी खुकुरी क्रिकेट क्लब बेलहिया र जितगढी क्रिकेट क्लब बेलबासबीच  पहिलो सेमिफाइनल हुने रूपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त मल्लले बताए।

प्रकाशित: १७ माघ २०७६ ०२:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App