१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

नेपालले चुम्यो नवौं अन्तरराष्ट्रिय कराते च्याम्पियनसिप

भैरहवा- भारतको कोलकत्तामा सम्पन्न नवौं अन्तरराष्ट्रिय कराते च्याम्पियनसिप नेपालले हात पारेको छ। भारतको कोलकतास्थित उलवरिया रविन्द्र भवनमा जनवरी ९ देखि ११ तारिख ३ दिनसम्म भएको प्रतियोगितामा २० स्वर्ण र २ रजतसहित २२ पदक जित्दै नेपाल प्रथम  भएको हो।

श्रीलंका, भुटान, बंगलादेश, नेपाल र भारतका ६ सय बढि खेलाडीहरुले प्रतिस्प्रर्धा गरेको उक्त प्रतियोगितामा नेपालीको तर्फबाट जापान गोजुरियो कराते डो मिसन संघ नेपालले सहभागिता जनाएको थियो। विगतका वर्षमा पनि नेपालले च्याम्पियन हुँदै अधिकांश पदक ल्याएको छ।  

करातेको कुमुते र काता विधामा प्रतिस्पर्धा गरेको नेपालको तर्फबाट ६ जना महिला र १५ जना पुरुष खेलाडीको सहभागिता रहेको थियो। नेपालका खेलाडीहरु शहिल गुरुङ, प्रशुन शाही, गौरव पौडेल, आदित्य क्षेत्री, अमिसा पोखरेल, मिलन श्रीस, आशिष खड्का, सुमन परियार, नेहा श्रीस, सन्तु थारु, विपिन राना, रुपा राना, दिलमाया कोइराला, आश्विन खड्का, आकृति राना, रिमा कुमाल, जीवन पुन, सरोज पौडेल क्षेत्री, सुनिल रावतले स्वर्ण पदक प्राप्त गरेका छन्। त्यसैगरी रुपा राना र दिलबहादुर बुढाथोकीले रजत पदक प्राप्त गरेको नेपाल टिमका प्रमुख तथा टिम कोच केवी राना काजीले जानकारी दिए।

प्रतियोगितामा नेपाली टिमका जुनियर खेलाडी १० वर्षिय आदित्य क्षेत्रीले फाइनल खेलमा भारतिय खेलाडीलाई महासिग्री किक प्रहार गरी ढलाएपछि नेपालको स्वर्ण पदकमा खाता खोलेका थिए। नेपाली टोलीबाट १० वर्षदेखि १९ वर्ष उमेर समूह खेलाडीले प्रतिस्प्रर्धा गरेको थिए।

यस अघि पुना, दिल्ली र पटनामा सम्पन्न भएको च्याम्पियनसिपमा पनि सोही टिम च्याम्पियनसिप भएको थियो।

गार्ड अफ रनरबाट काजी सम्मानित
प्रतियोगितामा अन्तरराष्ट्रिय स्पोर्टस एक्सलेन्स अवार्डबाट नेपाली टिमका प्रमुख तथा  टिम कोच केवी राना काजीलाई सम्मानित गरिएको छ। इण्डियन आर्मी कराते डो महासंघ नोटका फाउण्डर एवं फाउण्डर चिफ कोचसमेत रहेका काजीलाई गार्ड अफ रनरबाट सम्मानित गरिएको हो।

 

 

प्रकाशित: २७ पुस २०७६ ०८:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App