१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

पिस प्वाइन्टको विजयी सुरुआत

काठमाडौं – आयोजक पिस प्वाइन्टले चौथो ३६१ डिग्री पिस प्वाइन्ट कप अन्तरविद्यालय फुटबल प्रतियोगिताको ब्वाइजमा आइतबार विजयी सुरुआत गरेको छ।

उद्घाटन खेलमा पिस प्वाइन्टले सनसाइनलाई ३–० गोलले पराजित ग-यो। विजयी टिमका लागि ‘म्यान अफ दी म्याच’ नेलसन वाइबा तामाङले २ तथा ओमप्रकाश ठाकुरले १ गोल गरे। ब्वाइजमै क्याम्ब्रिजले एलेक्सरलाई ५–१ गोलले हरायो। क्याम्ब्रिजका आदर्श कार्की र ‘म्यान अफ दी म्याच’ रोज थापाले समान २÷२ तथा प्रज्ज्वल बान्तवा राईले १ गोल गरे।

एलेक्सरका साहिल श्रेष्ठले १ गोल गरे। प्रतियोगिताको काठमाडौं प्याब्सनका उपाध्यक्ष प्रेम राईले एक कार्यक्रमबीच उद्घाटन गरे। मंसिर ८ गतेसम्म चल्ने नकआउट प्रतियोगिताको ब्वाइजमा २२ तथा गल्र्समा १२ टोली सहभागी छन्।

 

प्रकाशित: २ मंसिर २०७६ ०४:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App