१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

म्यागुरीको अनुबन्धन पूरा

लन्डन  – लेस्टर सिटीका इङ्लिस रक्षक ह्यारी म्याग्युरीले म्यानचेस्टर युनाइटेडसँगको अनुबन्धन प्रक्रिया पूरा गरेका छन्। केही दिनअघि युनइटेडसँग कीर्तिमानी ८० मिलियन युरोमा अनुबन्धन सहमति गरेका म्याग्युरीलाई क्लबले सोमबार सार्वजनिक गरेको हो।

नयाँ सिजनका लागि युनाइटेड भित्रने म्याग्युरी तेस्रा खेलाडी हुनेछन्। यसअघि युनाइटेडले क्रिस्टल प्यालेसका एरोन वान विस्साका र स्वान्सीका डेयानियल जेम्सलाई अनुबन्धन गरिसकेको छ।

२०१७ मा हल सिटीबाट लेस्टरमा अनुबन्धित म्याग्युरीले क्लबबाट इङ्लिस प्रिमियर लिगका ६९ खेल खेलेका छन्। यस सम्झौतासँगै म्याग्युरी विश्वका सर्वाधिक महँगा रक्षक बन्नेछन्। यसअघि २०१८ मा लिभरपुलले साउथह्याम्पटनका भर्जिल भान डिजिकलाई कीर्तिमानी ७५ मिलियन युरोमा अनुबन्धन गरेको थियो।

‘म युनाइटेडमा अनुबन्धन हुन पाउँदा हर्षित छु,’ म्याग्युरीले भने, मेरो लेस्टर बसाइ सुखद थियो। आशा छ युनाइटेडमा थप सफलता हात पार्नेछु।’
युनाइटेडले आइतबार चेल्सीविरुद्धको खेलसँगै यस सिजनको इङ्लिस प्रिमियर लिग सुरुआत गर्नेछ। प्रशिक्षक सोल्सजायरले म्याग्युरीले सो खेलबाट डेब्यु गर्ने सम्भावना रहेको बताए। ‘ह्यारी अहिलेका उत्कृष्ट सेन्टर ब्याक हुन्। उनलाई अनुबन्धन गर्न पाउदा हामी उत्साही छौं,’ सोल्सजायरले भने।

 

 

प्रकाशित: २१ श्रावण २०७६ ०१:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App