१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

कराते टोली स्वदेश फिर्ता

काठमाडौं – नवौं थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपमा एक स्वर्ण, एक रजत र दुई कांस्य पदक हासिल गरेका पदकधारी खेलाडीहरूसहित नेपाली कराते टोली बुधबार साँझ स्वदेश फर्किएको छ ।

थाइल्यान्डको बैंककस्थित इन्डोर स्टेडियम हौमार्कमा भएको खेलमा ४८ केजीमुनिको तौलसमूहमा कुमुतेतर्फ सबिना श्रेष्ठले चीनकी खेलाडीलाई पराजित गरी नेपालका लागि स्वर्ण पदक हासिल गरेकी थिइन् भने सोनी राईले ५३ केजीमुनिको तौलसमूहमा कुमुतेतर्फ रजत पदक, अनिस लामिछानेले ५५ केजीमुनि र राजकुमार रसाइलीले ६७ केजीमुनिको तौलसमूहमा कुमुतेतर्फ कांस्य पदक हासिल गर्न सफल भए ।

नेपाली टोलीलाई जिल्ला युवा समिति काठमाडांैका अध्यक्ष निरेशलाल सिंह, तारकेश्वर नपा र टोखा नपाका जनप्रतिनिधिहरू अमृत थापा, श्याम महर्जन, सानुकान्छा महर्जन, श्रीकाजी महर्जन, रिदेशलाल सिंहका साथै मनमैजु डोजो र मनमैजु स्पोटर््स क्लबका सल्लाहकार र स्थानीय बुद्घिजीवी, खेलप्रेमी बाजागाजासहित नेपाली कराते टोलीलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

 

प्रकाशित: ३ श्रावण २०७६ ०५:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App