१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

न्युजिल्याण्डद्वारा इंग्ल्याण्डसामु २४२ रनको लक्ष्य

काठमाडौं– एकदिवसीय विश्वकपको उपाधिका लागि न्युजिल्याण्डले आयोजक इंग्ल्याण्डलाई २४२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

लण्डनको लडर्स मैदानमा टस जितेर ब्याटिङ रोजेको न्युजिल्याण्डले निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाउँदै २४१ रन बनायो। न्युजिल्याण्डका लागि हेनरी निकोलसले ४ चौकाको मद्दतमा सर्वाधिक ५५ रन बनाए। टम लाथमले ४७ रन, कप्तान केन विलियम्सले ३०, जेम्स निशम र मार्टिन गुप्टिलले समान १९/१९ रन बनाए। 

बलिङतर्फ क्रिश वक्स र लियम प्लंकेटले समान ३/३ विकेट लिए। न्युजिल्याण्ड र इंग्ल्याण्डले हालसम्म विश्वकपको उपाधि जित्न सकेका छैन। आजको खेलको नतिजाले विश्व क्रिकेटले नयाँ च्याम्पियन पाउने छ।    

प्रकाशित: २९ असार २०७६ १३:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App