१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

दुई पल्ट टस

काठमाडौं – एसिसी यु–१९ इस्टर्न रिजन क्रिकेटको उपाधिका लागि नेपाल र हङकङबीचको खेलअघि एक अनौठो दृश्य देखिएको थियो। खेल अगाडि ब्याटिङ र बलिङमध्ये एक चयन गर्नका दुई पटक टस गर्नुपरेको थियो। मलेसियाको किनरारा ओभल मैदानमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले क्वाइन फाल्दा क्वाइन भुइँमा गाडिएपछि हेड र टेल दुवै निर्धारण भएन।

त्यसपछि अम्पायरले दोस्रो पटक टस गर्नुपरेको थियो। तर, दोस्रो पटकको टस नेपालको पक्षमा आयो। नेपालले बलिङ गर्ने निर्णय गरेको थियो। जुन नेपालका लागि सही निर्णय साबित हुँदा हङकङलाई सस्तैमा समेट्न सफल भयो।

प्रकाशित: २५ असार २०७६ ०१:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App