१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

युवा रासिदको भरोसामा अफगानिस्तान

जेठ – पछिल्ला समय विश्व क्रिकेटमा अफगानिस्तानका रासिद खान तीव्र सफलता प्राप्त गर्ने युवा क्रिकेटरमध्ये सबैभन्दा अगाडि छन्। स्पिनमा सानदार भूमिका निर्वाह गर्दै आएका खानबाट अफगानिस्तानले यस पटकको विश्वकपमा निकै आशा गरिरहेको छ। टोलीले आशा गर्नु पनि स्वाभाविक नै छ। खान त्यस्ता खेलाडी हुन्, जसले बलिङसँगै ब्याटिङ पनि उत्कृष्ट प्रदर्शन गर्दै जित निकालेर टोलीलाई दिन सक्छन्। ट्वान्टी–२० फरम्याटको क्रिकेटमा भने ओपनिङ ब्याटिङसमेत गर्दै विपक्षी बलरलाई निकै दबाब राख्ने क्षमता खानसँग छ।

एकदिवसीय क्रिकेटमा २० वर्षे युवा क्रिकेटर खान विश्व नम्बर–२ अलराउन्डर हुन्। उनीभन्दा अगाडि बंगलादेशका सकिब अल हसन र पछाडि मोहम्मद नाबी छन्। बलिङतर्पm पनि खान विश्व वरीयतामा तेस्रो स्थानमा छन्। उनी ट्वान्टी–२० क्रिकेटमा भने विश्व नम्बर एक बलर हुन्। त्यसैले पनि अफगानिस्ताले विश्वकप क्रिकेटमा तहल्का मच्चाउनका लागि रासिद खान मुख्य हतियार हुन्। आगामी ३० मे देखि इङ्ल्यान्ड र वेल्समा संयुक्त रूपमा आयोजना हुने विश्वकपमा खान  अफगानिस्तानका लागि मुख्य बलर हुन्। अफगानिस्तानले पनि रासिदबाटै उचो प्रदर्शनको आशा राखिरहेको छ। खान स्वयम्ले पनि विश्वकप राम्रो गर्ने देशवाशीलाई विश्वास दिलाइसकेका छन्।

आफ्नो टोलीले विपक्षीका लागि खतरा घन्टी बजाइसकेको खानले बताएका छन्। उनले भनेजस्तै अफगानिस्तानले गत अभ्यास खेलमा पाकिस्तानलाई हार चखाइसकेको छ। स्पिन बलिङमा सहजै बिग सट लगाउने चक्करमा ब्याट्सम्यानहरू खानलाई विकेट दिइरहेका हुन्छन्। उनले भारत, अस्ट्रेलिया र इङ्ल्यान्डजस्ता सफल राष्ट्रविरुद्ध पनि यादगार प्रदर्शन गर्दै आइरहेका छन्।

१७ वर्षकै उमेरमा राष्ट्रिय टोलीमा स्थान बनाएका खानले सन् २०१७ को कुल १६ एकदिवसीय क्रिकेटमा ४३ विकेट लिएका थिए। सन् २०१८ मा पनि २० खेल खेलेका खानले ४८ विकेट लिन सफल भए। उनी वर्षमा सर्वाधिक विकेट लिने बलरको सूचीमा शीर्ष स्थानमा छन्। बलिङ धरै टर्न नभए पनि हरेक ब्याट्सम्यानको मस्तिष्कलाई पढ्न सक्ने क्षमता खानमा छ। उनले सबैभन्दा कम खेल खेलर पनि सय विकेट पूरा गरिसकेका छन्।

४४ खेलमा यो आँकाडा पार गरेका खानले अस्ट्रेलियाका  मिचेल स्टार्कलाई ८ खेलले पछाडि पारेका छन्। अफगानिस्तानका प्रशिक्षक फिल सिमोन्स पनि खानलाई विशेष खेलाडीको रूपमा लिने गर्दछन्। सिमोन्सले पनि रासिद खानको मस्तिष्क ३० वर्षका अनुभवी बलरको जस्तो भन्दै तारिफ गरेका छन्।

अफगानिस्तानका पूर्वकप्तान असगर अफगानले पनि खान जुनसुकै स्थितिमा बलिङ गर्न तयार खेलाडी भएको बताएका छन्। ‘रासिद विश्वकपमा हाम्रो मुख्य बलर हुन्,’ अफगानले भने,‘उनीसँग कुनै पनि समय खेल आफ्नो पकडमा बनाउने क्षमता छ। साथै दिइएको जिम्मेवारीलाई राम्रोसँग उनी निभाउन सक्छन्।’ उनीसँगै १८ वर्षे स्पिनर मुजीब रहमानले पनि खानलाई पछ्याइरहेका छन्। १७ वर्षकै उमेरमा राष्ट्रिय टोलीमा स्थान बनाएका खानले सन् २०१७ को कुल १६ एकदिवसीय क्रिकेटमा ४३ विकेट लिएका थिए। सन् २०१८ मा पनि २० खेल खेलेका खानले ४८ विकेट लिन सफल भए।

 

प्रकाशित: १४ जेष्ठ २०७६ ०६:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App