१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

मौराको ह्याट्रिकबाट टोटेनह्याम फाइनलमा

लन्डन – च्याम्पियन्स लिगको उपाधि जित्ने आफ्नो लक्ष्य सिद्ध गर्न ब्राजिलियन स्टार लुकास मौराले इङ्लिस क्लब टोटेनह्यामबाट अवसर बनाएका छन्। आफ्नो चाहना पूरा गर्न लुकास मौराले ह्याट्रिक गर्दा टोटेनह्यामले बुधबार घरेलु टोली अयाक्सलाई दोस्रो लेगमा ३–२ ले हराउँदै फाइनलको यात्रा तय गरेको थियो। 

टोटेनह्याम यसअघिको पहिलो लेगमा १–० ले पछाडि थियो। तर, समग्रमा ३–३ को बराबरी भए पनि अवे गोलको आधारमा टोटेनह्यामले फाइनलमा स्थान बनाएको हो। एक समयमा ३–० ले पछाडि परे पनि टोटेनह्यामले उत्कृष्ट पुनरागमन गर्दै पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाउन सफल भयो।

त्यससँगै इङ्लिस क्लब टोटेनह्यामले आगामी जुन १ मा मड्रिडमा हुने फाइनलका लागि आफ्नै देशको प्रतिद्वन्द्वी लिभरपुलको सामना गर्नेछ। ‘च्याम्पियन्स लिगको फाइनल खेल्नु मेरा लागि सपनाजस्तै थियो। म सानो छँदादेखि नै यस्ता किसिमका सपनाका बारे सोच्ने गर्दथें। जुन क्षणमा म आपैmँ प्रत्यक्ष सहभागी हुँदै छु,’ भावुक बनेका लुकासले भने।

‘मैले यो यादगार क्षणलाई निकै राम्रोसँग मनाइराखेका छु। मलाई हेर्दा पनि त्यो झल्को देख्नुभयो होला। यो नै मेरो जीवन उत्कृष्ट क्षण हो,’ लुकासले थपे। अयाक्सले युरोपका हस्ती क्लब रियाल मड्रिड र युभेन्ट्सलाई पाखा लगाए पनि त्यो अवसरलाई ऐतिहासिक बनाउन सफल भएन। टोटेनह्यामविरुद्धको खेल सकिन ३५ मिनेट बाँकी छँदासम्म अयाक्स ३–० ले अगाडि थियो।

तर, लुकासलाई रोक्न नसक्दा अयाक्सले नतिजासँगै यस सिजनको च्याम्पियन्स लिगको यात्रा पनि टुंग्यायो। यता, टोटेनह्यामले आफ्ना स्टार खेलाडी ह्यारी केनबिना पनि यस सिजनको यात्रालाई निरन्तरता दिन सफल भयो। लिगामेन्टमा समस्याका आराम गरिरहेका केनले स्टेडियममा बसेर उक्त खेल प्रत्यक्ष हेरेका थिए।

टोटेनह्यामका प्रशिक्षक माउरिसियो पोचेटिनोले सन् २०१८ को जनवरीदेखि आफ्नो टोलीमा खासै हेरफेर नगरे पनि सफलता दिलाउन सफल भए। गत वर्षको जनवरी १ मा टोटेनह्यामले लुकासलाई मात्र भित्र्याएको थियो। यस वर्ष नतिजाको हिसाब सन्तुलित बन्न नसकेको टोटेनह्यामले आगामी महिनाको रातमा ऐतिहासिक सफलता प्राप्त गर्ने अवसरसमेत छ। त्यसका प्रशिक्षक पोचेटिनोले आफ्नो टोलीमा अभैm सुधार गर्नुपर्नेछ।

‘सबै जनाले केनबिना ह्युङ मिन सनको गति रोकिने ठोकुवा गरेका थिए,’ पोचेटिनोले भने, ‘तर अन्य खेलाडी पनि सक्षम थिए। सोहीअनुरूप लुकासले तीन गोल गर्दै राम्रो नतिजा दिलाए।’ जितसँगै टोटेनह्यामका प्रशिक्षक पोचेटिनो निकै भावुक भएका थिए। त्यस क्रममा पोचेटिनोले लुकासलाई सुपर हिरो संज्ञा दिए। अयाक्सले खेलको पाँचौं मिनेटमै गोल गर्दै अग्रता बनाएको थियो। लेसे चोइनको कर्नरमा १९ वर्षे डे लिजटले हेडमार्पmत उक्त गोल गरेका थिए।

त्यसपछि ३५औं मिनेटमा टोटेनहमले अर्को गोल खान पुग्यो। घरेलु टिम अयाक्सका लागि जेइचले गोल गर्दै समग्रमा ३–० ले टोलीलाई अगाडि राखे। टेडिकको पासमा जेइचले पेनाल्टी क्षेत्रबाट फ्लिक गर्दै बललाई जाली चुमाए। दोस्रो लेगमा पनि पहिलो हाफमा नै दुई गोलले पछि परेको टोटेनह्यामले दोस्रो हाफमा उत्कृष्ट कमब्याक गर्न सफल भयो। लुकासले खेलको ५५औं मिनेटमा गोल गर्दै दूरी ३–१ ले छोट्याए।

डेले अलीको पासमा लुकासले गोल गर्दै आफ्नो टोलीलाई खेलमा फर्काउने संकेत गरे। त्यसको चार मिनेटपछि नै लुकासले दोस्रो गोल गर्दै समग्रको नतिजा ३–२ ले छोट्याए।  लुकासले इन्जुरी समयमा गोल गर्दै ह्याट्रिक पूरा गर्दा टोटेनह्यामलाई अवे गोलका आधारमा च्याम्पियन्स लिगको फाइनल पु¥याए। जितपछि टोटेनह्यामका प्रशिक्षक माउरिसियो मैदानमा नै निकै भावुक भए।

जितको खुसी मनाउने क्रममा उनको आँखाबाट आँसु झरेको थियो। ‘च्याम्पियन्स लिगको फाइनल खेल्नु मेरा लागि सपनाजस्तै थियो। म सानो छँदादेखि नै यस्ता किसिमका सपनाका बारे सोच्ने गर्दथें। जुन क्षणमा म आपैmँ प्रत्यक्ष सहभागी हुँदै छु।’

प्रकाशित: २७ वैशाख २०७६ ०२:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App