२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

गण्डकी प्रदेशलाई उपाधि

रामेछाप - रामेछाप जिल्लामा सञ्चालिन मन्थली मेयर कप  फुटबलको उपाधि गण्डकी प्रदेशले हात पारेको छ। शनिबार भएको फाइनल खेलमा जिल्लाको नमुनादीप युवा क्लबलाई हराउँदै गण्डकी प्रदेशले उपाधि जितेको हो।

जिल्ला खेलकुद विकास समिति रामेछापको आयोजनामा रामेछाप सदरमुकाम मन्थलीमा मंगलबारदेखि जारी मन्थली मेयर कप चौथो पुरुष भलिबल प्रतियोगिताको फाइनलमा गण्डकी प्रदेशले नमुनादीप युवा क्लबलाई २५–२२, २५–२१ र २५–१८ को  सोझो सेटमा पराजित गरेर उपाधि हात पारेको हो। पराजित भएसँगै नमुनादीप युवा क्लब प्रतियोगिताको उपविजेता बन्यो। प्रतियोगितामा अघिल्लो संस्करणको खेलमा उपविजेता बनेको जिल्लाकै शान्तिदीप युवा क्लबले तेस्रो स्थान हासिल गर्‍यो। शान्तिदीपले प्रदेश नं १ लाई २५–२३, २०–२५, २५–१५, २३–२५, १६–१४ को सेटमा पराजित गरेको थियो।                   

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टोलीलार्ई क्रमश ३ लाख, २ लाख र १ लाख नगद पुरस्कारसहित सिल्ड, मेडल, र प्रमाणपत्र प्रदान गरियो। प्रतियोगितामा सान्त्वना स्थान प्राप्त गरेको प्रदेश नं १ ले नगद ५० हजार रुपियाँ पायो। प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई समेत पुरस्कृत गरियो। प्रतियोगितामा शान्तिदीप युवा क्लबका प्रताप खवास उत्कृष्ट सर्भर, गण्डकी प्रदेशका राजन दर्लामी उत्कृष्ट डिफेन्डर, गण्डकी प्रदेशका सुजन चोखाल उत्कृष्ट सेटर, नमुना दीप युवा क्लबका कुलबहादुर थापा उत्कृष्ट स्पाइकर, गण्डकी प्रदेशका बलिराम चौधरी उत्कृष्ट ब्लकर र गण्डकी प्रदेशका राजकुमार गुरुङ उत्कृष्ट प्रशिक्षक घोषित भए। प्रतियोगितामा उत्कृष्ट खेलाडी गण्डकी प्रदेशका हरि पाण्डे घोषित भए। प्रतियोगितामा उत्कृष्ट खेलाडीले १५ हजार नगद पुरस्कार पाए भने अन्य विधागत रूपमा उत्कृष्ट बनेका खेलाडीहरूले जनही १०÷१० हजार नगद पुरस्कार प्राप्त गरे।

प्रतियोगिताको मुख्य सहआयोजकका रूपमा मन्थली नगरपालिका र  जिल्लाको रामेछाप नगरपालिकासहित अन्य ६ वटा गाउँपालिकासमेत सह आयोजकका रूपमा रहेका थिए।

प्रकाशित: २८ माघ २०७५ ०४:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App