७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

स्वर्ण पदकमा नेपालको वर्चश्व

इन्द्रमाया महर्जन मेमोरियल इन्टरनेसनल बक्सिङ च्याम्पियनसिपमा स्वर्ण पदक विजेता खेलाडीहरु।

काठमाडौं– तीन देश सम्मिलित बिहीबार सम्पन्न इन्द्रमाया महर्जन मेमोरियल इन्टरनेसनल बक्सिङ च्याम्पियनसिपमा नेपाली खेलाडीले स्वर्ण पदकमा वर्चस्व कायम गरेका छन्।

बोसीगाउँमा भएको अन्तिम दिनको खेलमा नेपालकी ललिता महर्जनले इन्द्रमाया महर्जन मेमोरियल इन्टरनेसनल बक्सिङ प्रतियोगितामा बिहीबार स्वर्ण जितेकी छन्। महिला ४८ केजीमा ललिताले नेपालकै नङ्जा बुढामगरलाई अंकको आधार ५–० ले हराउँदै स्वर्ण जितिन्।

महिला ५१ केजीमा आबद्ध नेपालकी बिमला श्रेष्ठले पनि नेपालकै माला राईलाई  अंकको आधार ३–२ ले पछि पार्दै स्वर्ण जितिन्। महिला ५४ केजीमा नेपालकी मिनु गुरुङले नेपालकी निसा तामाङलाई उपाधि भिड्न्तमा अंकको आधारमा ३–२ ले हराइन्। महिला ६० केजीमा संगिता सुनारले नेपालकै पुनम रावललाई अंकको आधारमा ३–२ ले हराउँदै स्वर्ण जित्न सफल भइन्।

बोसीगाउँमा भएको पुरुष ४९ केजीको फाइनलमा नेपालका तेजबहादुर देउवाले नेपालकै  प्रदीप महर्जनलाई नकआउट गर्दै स्वर्ण जिते। पुरुष ५२ केजीमा नेपालका प्रेम चौधरीले भारतका सचिनलाई आरएससिको आधारमा पराजित गदै स्वर्ण जिते। पुरुष ५६ केजी तौल समूहको फाइनलमा नेपालका पुरन राईले नेपालकै बिमल रोकामगरलाई पराजित गर्दै स्वर्ण जितेका थिए।

पुरुष ६० केजीको फाइनलमा भुटानका निमा दोर्जीले नेपालका एकबहादुर घलेलाई अंकको आधार ३–२ ले स्तब्ध पार्दै स्वर्ण जित्न सफल भए। पुरुष ६४ केजीमा नेपालका भुपेन्द्र थापामगरले भुटानका दोर्जी वाङ्जेली उपाधि भिडन्तमा अंकका आधारमा ५–० ले पराजित गर्दै स्वर्ण जिते।

पुरुष ६९ केजीको फाइनलमा नेपालका विकास लामाले नेपालकै विष्णुप्रसाद घलेलाई अंकका आधारमा ५–० ले पराजित गर्दै स्वर्ण जित्न सफल भए। पुरुष ७५ केजीमा नेपालका दीपक श्रेष्ठले नेपालकै रवि सुनारलाई नकआउट गर्दै स्वर्ण जिते। विजेतालाई नेकपा नेता पम्फा भुसाल, जिफन्टका अध्यक्ष विनोद श्रेष्ठ र नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले लगायतले पुरस्कृत गरे।

प्रकाशित: २७ पुस २०७५ ००:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App