१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

रोनाल्डोलाई पहेँलो कार्ड !

काठमाडौं– फुटबलका विश्वप्रख्यात खेलाडी क्रिस्टियानो रोनाल्डोले पहेँलो कार्ड पाएका छन्। इटालियन सिरी ए फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा टिमका तर्फबाट गोल गरेका रोनाल्डोले सेलिब्रेसनका लागि पहेँलो कार्ड पाएका हुन्।

फियोरेन्टिनाविरुद्धको खेलमा पेनाल्टीमा गोल गरेपछि रोनाल्डोले सेलिब्रेसनका लागि बल समातेर माथि आकाशमा हानेका थिए। लगत्तै रेफ्रीले उनलाई पहेँलो कार्ड दिएका थिए। 

रोनाल्डोले पहेँलो कार्ड पाएपनि उनको टिम युभेन्टस फियोरेन्टिनाविरुद्ध ३–० गोलले विजयी भयो। युभेन्टसका लागि रोनाल्डोसहित रोड्रिगो बेनटाकुर्स र जर्जियो चिलिनीले गोल गरेका थिए। 

प्रकाशित: १६ मंसिर २०७५ ०५:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App