१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

च्याम्पियन्स लिगः सहज जितका साथ म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लियाे

काठमाडौं – समूह ‘एफ’ को शीर्ष स्थानमा रहँदै अर्को चरणको यात्रा बनाउने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति सम्पन्न खेलमा साख्तर डोनट्स्कलाई हराएको छ।

साख्तरको घरेलु मैदानमा भएको खेलमा सिटीले ३० औं मिनेटमा डेभिड सिल्भाको गोलमा अग्रता लिएको थियो। त्यसपछि ३५ औं मिनेटमा एम्रिक लापोर्टेले केभिन डी ब्रुनाको पासमा गोल गर्दै टिमलाई २–० को अवस्थानमा पुर्याएका थिए। पहिलो हाफमा २ गोलको अग्रता बनाएको सिटीले ७० औं मिनेटमा तेस्रो गोल गर्यो। उसका लागि बर्नार्डो सिल्भाले गोल गरेका थिए।

जितसँगै सिटी समूह ‘एफ’ को शीर्ष स्थानमा उक्लिएको छ। सिटीको यो दोस्रो जित हो। सिटीले ३ खेलबाट ६ अंक जोडेको छ। ३ खेलबाट २ अंक जोडेको डोनेट्स्क पुछारमा छ। सोही समूहको अर्को खेलमा होफेनहाइम र लियोनले ३–३ गोलको बराबरी खेल्दै अंक बाडेका छन्। बराबरीपछि ५ अंक जोडेको लियोन दोस्रो र २ अंक जोडेको होफेनहाइम तेस्रो स्थानमा रहेका छन्।

प्रकाशित: ७ कार्तिक २०७५ ०६:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App