१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

बर्नलीमाथि उल्भरह्याम्पटनको जित

बर्नलीका चार्ली टेलर (बायाँ) र उल्भरह्याम्पटनका हेल्डर कोस्टा हेटबलका लागि प्रतिस्पर्धा गर्दै । तस्बिरः एपी

उल्भरह्याम्पटन – राउल जिम्नेजको निर्णायक गोलको मद्दतमा नवप्रवेशी उल्भरह्याम्पटनले इङ्लिस प्रिमियर लिगमा आइतबार बर्नलीमाथि १–० को जित हात पारेको छ। 

बर्नलीमाथिको जितपछि उल्भरह्याम्पटन अंकतालिकाको नवौं स्थानमा उक्लिएको छ भने बर्नली जितविहीने छ । पाँच खेलमध्येमा एकमा बराबरी र चार खेलमा पराजित भएको बर्नली १ अंकसहित तालिकाको पुछारमा छ । घरेलु मैदानमा भएको खेलमा उल्भरह्याम्पटन पाहुना टोलीमाथि हाबी बनेको थियो । पहिलो हाफ गोलरहित बराबरी खेलेको उल्भरह्याम्पटन लागि खेलको ६१औं मिनेटमा माट दोर्टीको पासमा जिम्नेजले गोल गर्दै टोलीका लागि अग्रता दिलाएका थिए ।  बर्नलीले भने खेल अवधिभर गोलका लागि राम्रा अवसर सिर्जना गर्न सकेन। 

‘खेलबाट म सन्तुष्ट छु,’ उल्भरह्याम्पटनका प्रशिक्षक नुनो इस्प्रिटो सान्टोले भने, ‘हामीले राम्रो खेल देखाउन सक्यौं, टोलीले सन्तुलित खेल प्रदर्शन गर्न सक्यो र मौका सिर्जना गर्न सक्यौं । खेलमा बर्नलीले भने अन्तिम समयमा रक्षात्मक खेल्यो।’ 

यस्तै बर्नलीका प्रशिक्षक सेन डाइजीले टोली अहिले खराब लयमा रहे पनि नआत्तिन समर्थकलाई आग्रह गरेका छन् । 
‘अहिले हामी खराब नतिजाको सिकार भइरहेका छौं,’ सेनले भने, ‘हामीले आउँदा खेलमा सुधार गर्दै राम्रो खेल्ने प्रयास गर्नेछौं र अंकतालिकामा माथि चढ्नेछौं।’

बर्नलीले खेलको २०औं मिनेटमा एक मात्र मुभ बनाउन सकेको थियो । बर्नलीले गोलका लागि प्रयास गर्दा उल्भरह्याम्पटका गोलकिपर जोइ हार्टले सो अवसरलाई विफल बनाइदिएका थिए । बर्नलीका हेल्डर कोस्टाको क्रस पासलाई गोलकिपर जोइले विफल तुल्यााएका थिए । निर्णायक गोल गरेका जिम्नेजले दोस्रो हाफको सुरुआतमा पाएको अवसर खेर फालेका थिए। 

उल्भरह्याम्टले अन्तर्राष्ट्रिय बिदाअगाडि वेस्ट ह्याममाथि १–० को जित हात पार्दै लिगमा बलियो टोलीको रूपमा आफूलाई प्रमाणित गरेको थियो । यस्तै आइतबार सम्पन्न अर्को खेलमा वेस्ट ह्याम युनाइटेडले एभर्टनको घरेलु मैदानमा ३–१ को जित निकाल्न सफल भएको छ। 

लिगमा पाँच खेल खेलेको चेल्सी १५ अंकका साथ शीर्ष स्थानमा रहँदा समान १५ अंक भएको लिभरपुल गोलअन्तरका आधारमा तालिकाको दोस्रो स्थानमा छ  । ५ खेलबाट १३ अंक जोडेको साबिकको विजेता सिटी भने तेस्रो स्थानमा रहेको छ। 

प्रकाशित: २ आश्विन २०७५ ०४:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App