१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

ओजिलको आरोप बकवास : क्रुज

लन्डन - जर्मनीका मिडफिल्डर टोनी क्रुजले जातीय दुव्र्यवहारको आरोप लगाउँदै अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास घोषणा गर्ने मेसुट ओजिलको आरोपलाई ‘बकवास’ को संज्ञा दिएका छन्।

ओजिलले आफू जातीय दुव्र्यवहारको सिकार भएको भन्दै अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास घोषणा गरेका थिए। गत मेमा टर्कीका राष्ट्रपति रेसेप तायिप इर्डोगनसँग भेटेको तस्बिर सार्वजनिक भएसँगै जर्मन राष्ट्रिय फुटबल टोलीप्रति ओजिलको इमानदारितामा प्रश्न उठेको थियो। त्यसपछि विवादमा आएका ओजिलको जर्मनीमा चर्को आलोचना भएको थियो। रूस विश्वकपमा जर्मनी समूहचरणबाटै बाहिरिएपछि उनी थप आलोचित बनेका थिए। महिनाैपछिको शून्यता तोड्दै अन्ततः ओजिलले अन्तर्राष्ट्रिय फुटबलबाट बिदा लिने घोषणा गरेका थिए।

जर्मनीले २०१४ को विश्वकप उपाधि जित्दा टोलीका प्रमुख सदस्य रहेका ओजिलले आफूमाथि निरन्तर जातीय दुव्र्यवहार भैरहँदा पनि डिएफबीका अध्यक्ष रेनार्ड ग्रिन्डेलले कुनै प्रतिक्रिया नजनाउँदा आफू निराश भएको उल्लेख गरेका थिए।
‘मेसुट ओजिल उत्कृष्ट खेलाडी हुन् र उनी अन्तर्राष्ट्रिय फुटबलबाट राम्रो बिदाइका हकदारसमेत हुन्,’ क्रुजले भने, ‘तर उनले जुन प्रकारले संन्यास घोषणा गरे त्यो ठीक थिएन। उनले लगाएका आरोपमा कुनै सत्यता छैन।’‘जर्मन फुटबल संघ र जर्मनी राष्ट्रिय फुटबल टोलीमा कुनै जातीय दुव्र्यवहार हँुदैन,’ क्रुजले थपे।

 

प्रकाशित: २ भाद्र २०७५ ०२:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App