१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

सर्विया र कोस्टारिकाबीचकाे पहिलाे हाफ बराबरी

काेस्टारिकाका मार्को युरेना बल प्रहार गर्दै । तस्विर : फिफा

रसिया - फिफा विश्वकप अन्तर्गत समुह ‘ई’ को खेलमा अहिले सर्विया र कोस्टारिकाबिच खेल भईरहेको छ। खेलको पहिलो हाफ सकिँदा सम्म कुनै टोलीका तर्फबाट गोल हुन सकेको छैन। दुवै टोलीले खेलमा अग्रता कायम गर्ने केहि सुनौला अवसर प्राप्त गरेपनि अवसरलाई गोलमा परिणत गर्न नसक्दा पहिलो हाफको खेल बराबरीमा सकिएको हो।

पहिलो हाफको खेलमा सर्बियाले कोस्टारिकालाई दबाबमा राख्न सफल भएपनि कोस्टारिकाले पाएका केहि सुनौला अवसरलाई गोलमा परिणत गर्न सकेन। यस्तै सर्बियाका तर्फबाट समेत प्रहार भएका केहि सटहरुलाई कोस्टारिकाका गोल किपर केलर नाभासले विफल तुल्याइदिए। खेलको २२ औं मिनेटमा कोस्टारिकाका फ्रान्सिस्को काल्भाले पहेँलो कार्ड पाएका थिए।

सर्बियाले ८ वर्षपछि विश्वकपमा पुनरागमन गरेको हो। युरोपेली छनोट प्रतियोगिता अन्तर्गत समूह ‘डी’ मा रहेको सर्बियाले विजेताको हैसियतमा रूसको टिकट पक्का गरेको हो। युगोस्लाभियाको नामबाट १९३० कै संस्करणबाट विश्वकपमा सहभागिता जनाएको युरोपेली टोलीले सर्बियाको नाममा भने पहिलो पटक २०१० को विश्वकप खेलेको हो। २००६ मा स्वतन्त्र राष्ट्रको हैसियत बनाएको सर्बियाले विश्वकप खेल्न लागेको यो दोस्रो पटक हो।

यता चार वर्षअघि ब्राजिलमा सम्पन्न विश्वकपको पछिल्लो संस्करणमा कोस्टारिकाले क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो। यसपाली पनि त्यही उपलब्धिलाई निरन्तरता दिने लक्ष्यका टोलीको रहेको छ।

प्रकाशित: ३ असार २०७५ १२:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App