१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

टेस्ट टोलीमा रसिद

काबुल – युवा स्पिनर रसिद खान अफगानिस्तान क्रिकेट बोर्डले मंगलबार भारतविरुद्ध हुने ऐतिहासिक पहिलो टेस्ट शृंखलाका कारण घोषणा गरेको टोलीमा स्थान बनाउन सफल भएका छन्।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले गत वर्ष अफगानिस्तान र आयरल्यान्डलाई टेस्ट मान्यता दिएको थियो । आयरल्यान्डले गत साता पाकिस्तानविरुद्ध पहिलो टेस्ट शृंखला खेलेको थियो।

जुन १४ मा बेंगलोरमा हुने एक मात्र टेस्ट शृंखलाका लागि घोषित १६ सदस्यीय टोलीमा खानसँगै अर्का स्पिनर मुजिब उर रहमान, जाहिर खान र हम्जा होटाकले समेत टोलीमा स्थान बनाए।

१९ वर्षे स्पिनर खानले हालै सम्पन्न इन्डियन प्रिमियर लिग(आइपिएल) मा सनराइजर्स हैदराबादलाई उपविजेता बनाउने क्रममा २१ विकेट लिएका थिए । त्यस्तै किङ्स इलेभन पन्जाबबाट प्रतियोगितामा खेलेका १७ वर्षे रहमानले १४ विकेट लिएका थिए।

टेस्ट टोलीको कप्तानी अज्गर स्टान्कजाईले गर्नेछन् । भारत भ्रमण लगत्तै अफगानिस्तानले बंगलादेशविरुद्ध तीन अन्तर्रष्ट्रिय ट्वान्टी–२० शृंखलासमेत खेल्नेछ । उक्त शृंखलामा पनि स्टान्कजाईले टोली नेतृत्व गर्नेछन् । देहरादुनमा हुने ट्वान्टी–२० शृंखलाको पहिलो खेल जुन ३, दोस्रो खेल जुन ५ र अन्तिम खेल जुन ७ मा हुनेछ।

अफगानिस्तान क्रिकेट बोर्डले पछिल्लो समय टोलीले एकदिवसीय र ट्वान्टी–२० शृंखलामा गरेको उत्कृष्ट प्रदर्शन टेस्ट शृंखलामा समेत दोहोर्याउने विश्वास व्यक्त गरेको छ।

प्रकाशित: १७ जेष्ठ २०७५ ०४:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App