२१ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

एन्फा कार्यसमिति बैठक जारी, फुटबल रंगशालाबारे छलफल हुँदै

अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक शुरू भएको छ।

एन्फाको केन्द्रिय कार्यालय सातदोबाटोमा आज बिहान ८ बजे बोलाइएको बैठक केहीबेर अघि मात्रै शुरू भएको हो। बैठकमा २३ बढी विभिन्न एजेण्डा रहेको बताइएको छ।

नयाँ आधुनिक फुटबल रंगशाला निर्माण, फिफा र ए।एफ। सीको अनुदानबाट भौतिक पूर्वाधार निर्माण तथा अन्य क्षेत्रमा बजेट विनियोजन, पुरुष राष्ट्रिय टिमको मुख्य प्रशिक्षक, नयाँ सदस्य संस्था गठन, शहीद स्मारक वि डिभिजन लिग फुटबल प्रतियोगिताको बजेट, आ.व. २०८१/८२ को वार्षिक बजेट र कार्यक्रमको बारेमा छलफल हुने अखिल नेपाल फुटबल संघको अध्यक्ष पंकज विक्रम नेम्वाङले जानकारी दिए।

आजको बैठकमा उपाध्यक्ष विराटजङ्ग शाही र सदस्य पेमा डोल्मा लामाले पेश गर्ने छुट्टै एजेण्डामा पनि छलफल हुने बताइएको छ।

प्रकाशित: ११ भाद्र २०८१ ११:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App