१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

नौ वर्षपछि ठूलो प्रतियोगिता

कराची – पाकिस्तानको सबैभन्दा ठूलो शहर कराचीस्थित नेसनल स्टेडियममा ९ वर्षपछि पहिलो पटक सबैभन्दा ठूलो प्रतियोगिता पाकिस्तान सुपर लिग (पिएसएल) को फाइनल खेल हुने भएको छ। 

आइतबार हुने ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको फाइनलका लागि ८ हजार सुरक्षाकर्मी खटिनेछन्। इस्लामाबाद युनाइटेड र साबिक विजेता पेसावर जाल्मीले उपाधिका लागि प्रतिस्पर्धा गर्दै छन्।

१ करोड ५० लाख जनसंख्या रहेको कराचीमा पछिल्लो पटक सन् २००९ को फेबु्रअरीमा पाकिस्तान र श्रीलकांबीच टेस्ट शृंखला भएको थियो। उक्त खेलका लागि रंगशाला जाँदै गरेको श्रीलंकाली टोली चढेको बसमाथि आतंकवादी हमला भएको थियो। हमलामा परी ६ पाकिस्तानी सुरक्षाकर्मी र २ सर्वसाधारण मारिएका थिए । श्रीलंकाका ६ खेलाडी घाइते भएका थिए।

यही कारण पाकिस्तान अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्नबाट वञ्चित भएको थियो। पाकिस्तान क्रिकेट बोर्डले युनाइटेड अरब इमिरेट्स (युएई)लाई घरेलु मैदानका रूपमा प्रयोग गर्दै आएको छ । पिएसएलको लिग चरणका खेल पनि युएईमा भएका थिए। 

कराचीको प्रान्तीय प्रशासनले आइतबार हुने फाइनलका लागि सुरक्षाव्यवस्था कडा बनाएको जनाएको छ। दर्शकले रंगशालासम्म पुग्नका लागि लामो लाइन बस्नुपर्ने र कम्तीमा ३ ठाउँमा सुरक्षाजाँच गराई रंगशाला प्रवेश पाउने व्यवस्था मिलाएको जनाइएको छ

कराचीमा विदेशी खेलाडीलाई स्वागत गर्न चाडपर्वमा जस्तै गरी सहर सिँगारिएको छ। फाइनलमा इङ्ल्यान्डका क्रिस जोर्डन, वेस्ट इन्डिजका डारेन सामी, दक्षिण अफ्रिकाका जेपी डुमिनी र ल्युक रोची आइतबार कराची पुग्नेछन्। 

प्रकाशित: ११ चैत्र २०७४ ०२:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App