१२ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

नेपालले नेदरल्यान्ड्सलाई दियो १ सय ७ रनको लक्ष्य

टी–२० विश्वकपमा आफ्नो पहिलो खेलमा नेपालले नेदरल्यान्ड्ससामु १ सय ७ रनको लक्ष्य प्रस्तुत गरेको छ।

अमेरिकाको डालासस्थित ग्रान्ड प्रिएरी क्रिकेट रंगशालामा नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ गरेकाे नेपालले ४ बल खेल्न बाँकी छदा १०६ रनमै अलआउट भएको हो।

नेपालले ब्याटिङमा भने सोचे जस्तो प्रदर्शन गर्न सकेन। नेपालका चार खेलाडीले मात्र दोहोरो अंकमा रन जोड्न सके।

नेपालका लागि कप्तान रोहित पौडेलले ३७ बलमा सर्वाधिक ३५ रन बनाए। उनले ५ चौका प्रहार गरे।

करण केसीले १२ बल खेल्दै २ छक्का मदतमा १७ रन बनाए। गुल्सन झाले १५ बलमा १ छक्का प्रहार गर्दै १४ तथा अनिल शाहले १२ बलमा २ चौका मदतमा ११ रन जोडे।

नेपालका लागि सोमपाल कामी भने शुन्यमा आउट भए। अन्तिम विकेटका रुपमा आउट भएका अभिनाश बोहराले पनि खाता खोल्न सकेनन्।

नेपाललाई अलआउट गर्न बलिङमा नेदरल्याण्ड्सका लागि टिम प्रिन्जल र लोगन भान विकले समान ३ तथा पउल भान मिकेरन र बास डे लिडले समान २ विकेट लिए।

प्रकाशित: २२ जेष्ठ २०८१ २३:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App