१२ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

विश्वकप क्रिकेटः नेपाल सुपर- ८ मा पुगे सीजी फुड्सले ३० लाख नगद दिने

प्रत्येक रन, चौका, छक्का र विकेटलाई पनि पुरस्कार घोषणा

लोकप्रिय चाउचाउ वाइवाइको उत्पादक सीजी फुड्स नेपालले जारी आईसीसी टी- २० विश्वकप क्रिकेटमा सहभागी नेपाली टिम र सहभागी खेलाडीका लागि विशेष पुरस्कारको घोषणा गरेको छ ।  

जारी विश्वकपको सुपर- ८ मा पुगे सीजी फुट्सले नेपाली राष्ट्रिय टिमलाई नगद ३० लाख रुपैयाँ दिने घोषणा गरेको हो । सीजीले आइतबार विज्ञप्ति निकाल्दै भनेको छ, 'नेपाली क्रिकेटको राष्ट्रिय टिमले जारी टी- २० विश्वकपको सुपर- ८ मा पुग्नासाथ वाईवाई चाउचाउको तर्फबाट नगद रु. ३० लाख प्राप्त गर्नेछ ।'  

सीजी फुड्सले प्रत्येक रन, चौका, छक्का र विकेटका लागि समेत पुरस्कारको घोषणा गरेको छ । प्रत्येक रनलाई एक हजार, प्रत्येक चौकालाई ८ हजार, प्रत्येका छक्कालाई १२ हजार र प्रत्येक विकेटका लागि १५ हजार रुपैयाँ दिने उसको घोषणा छ ।  

यस्तै सीजीले हरेक अर्धशतकका लागि ५० हजार र प्रत्येक शतकका लागि एक लाख नगद दिने घोषणा पनि गरेको छ । उसले नेपाली टिमको जितमा १ लाख ५० हजार नगद उपलब्ध गराउने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।  

नेपाल क्रिकेट संघ (क्यान)सँग सम्झौता पत्रमा हस्ताक्षर गर्दै सीजी फुृड्ले नेपाली खेलाडीको मनोबल उच्च बनाउन उक्त निर्णय लिएको उल्लेख गरेको छ ।  

सम्झौतापछि चौधरी ग्रुपमा प्रवन्ध निर्देशक निर्वाण चौधरीले हरेक नेपालीलाई नेपालले विश्वकपको ट्रफी उचालेको हेर्ने रहर रहेको बताउँदै त्यसका लागि योग्य रहेका हाम्रा खेलाडीको मनोवल उच्च बनाउन आवश्यक रहेको बताए ।  

चौधरी ग्रुपको सीजी फुड्सले विगत २० वर्षदेखि नेपाली अण्डर- १९ क्रिकेटको प्रायोजन गर्दै आएको छ ।  

प्रकाशित: २० जेष्ठ २०८१ १९:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App