४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

चौधौं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता भोलिदेखि

फाइल तस्बिर

१४औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता व्यवस्थित गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) का ६ जना बोर्ड सदस्यलाई जिम्मेवारी प्रदान गरिएको छ।

केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड मंगलबारदेखि सुरु हुँदै छ। सोही राष्ट्रपति रनिङ सिल्डमा समावेश विभिन्न ६ खेलको अनुगमनसहित रिपोर्ट प्रस्तुत गर्न राखेप सदस्य-सचिव टंकलाल घिसिङले बोर्ड सदस्यलाई जिम्मेवारी प्रदान गरेका हुन्।

तेक्वान्दोमा अञ्जन धमला, करातेमा अञ्जना श्रेष्ठ, भलिबलमा नन्दा बस्याल, एथलेटिक्समा विना श्रेष्ठ, कबड्डीमा पेमाडोल्मा लामा र उसुमा प्रकाशकुमार कुसारीलाई कार्य विवरणसहित अनुगमन गर्ने जिम्मेवारी दिइएको हो।

प्रतियोगिताको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम छ। उद्घाटन कार्यक्रममा मार्च पास्ट, नृत्य, उसु खेलाडीको प्रस्तुति र सातै प्रदेशको संस्कृति झल्कने नृत्य प्रस्तुति रहने छ।

सात सय ३५ वटै स्थानीय तहबाट छनोट गरेर केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड हुन लागेको हो। प्रतियोगितामा सातै प्रदेशबाट ६ सय ८६ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित: ३ वैशाख २०८१ ०७:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App