६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

विराट गोल्डकप फुटबलः आजको सेमिफाइनलमा चर्च ब्याइज र एपिएफ भिड्दै

विराट गोल्ड कप फुटबलको अर्को सेमिफाइनलमा आज चर्च ब्वाइज युनाइटेड र सशस्त्र प्रहरी बलको एपिएफ क्लबबीच खेल हुँदैछ। विराटनगरको सहिद रङ्शालामा हुने आजको खेल साँझ आयोजना हुनेछ।

यसअघि आइतवार भएको खेलमा भारत सिक्किमको ड्रैगन फुटबल क्लब ‘विराट गोल्डकप फुटबल’ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

विराट गोल्ड कप ट्रष्टले विराटनगरको सहिद रङ्शालामा आयोजना गरेको रात्रिकालीन प्रतियोगिताअन्तर्गत ड्रैगन फुटबल क्लबले काठमाडौँको न्यूरोड टिम (एनआरटी) लाई २–१ गोलअन्तरले पराजित गरेको हो।

सिक्किमका लागि ह्यारिसन र आदर्श तामाङले एक एक गोल गरेका थिए। यस्तै एनआरटीका लागि शिशिर लेखीले एक गोल गरेका थिए।

मध्यान्तर आगाडि खेलको ४०औँ मिनेटमा शिशिरले गोल गरी एनआरटीलाई अग्रता दिलाएका थिए। यस्तै खेलको ५९औँ मिनेटमा सिक्किमका ह्यारिसनले गोल गरी खेल बराबरीमा पुर्‍याएका थिए।

निर्धारित ९० मिनेटको खेल एक–एक गोलको बराबरी भएपछि ३० मिनेटको अतिरिक्त समयको अन्त्यतिर एक सय १९औँ मिनेटमा सिक्किमका आदर्श तामाङले विजयी गोल गरी आफ्नो टोलीलाई सेमिफाइनमा पुर्‍याएका थिए। उनी खेलको ‘प्लेयर अफ दी म्याच’ घोषित भए। तामाङले रु ११ हजार पुरस्कार प्राप्त गरे।

प्रतियोगिताको विजेता टोलीले रु ११ लाख तथा उपविजेताले रु पाँच लाख ५० हजार पुरस्कार प्राप्त गर्नेछ। रासस

प्रकाशित: १९ चैत्र २०८० ०८:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App