७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

त्रिकोणात्मक टी–२० आई सिरिजः फाइनलमा आज नेपाल र पीएनजी भिड्दै

हङकङमा जारी त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा नेपाल आज पपुवा न्युगिनी (पीएनजी) सँग भिड्दै छ।

नेपाल र पीएनजीबीचको खेल हङकङको मोङककमा बिहान ११ः४५ बजेबाट सुरु हुनेछ।

रोहित पौडेलको कप्तानीमा रहेको नेपाल आजको खेलमा जित हात पार्दै सिरिज आफ्नो कब्जामा लिन चाहन्छ भने पीएनजी पनि सिरिज आफ्नो नाम गर्न चाहन्छ।

मङ्गलवार भएको खेलमा पीएनजीलाई ८५ रनले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको नेपालले फाइनलमा फेरि पीएनजीसँगको भेट सुनिश्चित गरेको हो।

मङ्गलवार भएको अर्को खेलमा पीएनजीले हङकङलाई हराउँदै फाइनलमा स्थान बनाएको हो।

नेपाल र हङकङबीचको पहिलो खेल वर्षाको कारण रद्द भएको थियो भने नेपाल आफ्नो पहिलो खेलमा हङकङसँग पराजित भएको थियो। हङकङले भने एक खेलमा पनि जित निकाल्न नसकेपछि प्रतियोगिताबाट बाहिरिसकेको छ।

प्रकाशित: ३० फाल्गुन २०८० ०७:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App